Connect with us
Kapilvast Forest

टी–२० अन्तर्राष्ट्रियमा कप्तान ज्ञानेन्द्रको पहिलो शतक

२०७६, १९ मंसिर बिहीबारमा प्रकाशित

काठमाडौं-दक्षिण एसियाली खेलकुद ९साग० क्रिक्रेटमा नेपालका कप्तान ज्ञानेन्द्र मल्लले शतक प्रहार गरेका छन् ।आक्रमक ब्याटिङ गरेका ज्ञानेन्द्रको टी–२० तर्फ पहिलो शतक हो । यसअघि पूर्व कप्तान पारस खड्काले मात्रै टी–२० मा शतक बनाएका छन् ।टस जितेर फिल्डिङ राजेको नेपालका लागि कप्तान मल्लले ५५ बलमा १०७ रन बनाए । उनले ९ छक्का र पाँच चौका प्रहार गरे ।

ज्ञानेन्द्रसँग ओपनिङमा आएका पारस खड्काले समेत अर्धशतक बनाए ।उनले २८ बलमा ५७ रन जोडेका थिए । पारसले दुई छक्का र चार चौका प्रहार गरे । उपकप्तान दीपेन्द्रसिंह ऐरीले ४५ र आरिफ शेखले ४ रन बनाउँदा भुटान विरुद्ध २३६ रन बनाए । अहिले भुटान जवाफ ब्याटिङ गरिरहेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu