Connect with us
Kapilvast Forest

सागमा २० वर्षपछि नेपालको नयाँ कीर्तिमान

२०७६, १९ मंसिर बिहीबारमा प्रकाशित

पोखरा :

१३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले ३२ स्वर्ण जितेर नयाँ कीर्तिमान बनाएकाे छ । बुद्धिबहादुर तामाङले साइक्लिङमा ३२ आ‍ैं स्वर्ण जितेसँगै नेपालले आठौं सागमा बनाएकाे कीर्तिमान भंग गरेकाे हाे ।१३औं दक्षिण एसियाली खेलकुद (साग) को दोस्रो दिन नै नेपालले १५ स्वर्ण जित्दै शानदार शुरुवात गरेको थियो । सागको तेस्रो दिन मंगलबार आठ स्वर्ण जित्यो । चौथो दिन बुधबार ६ स्वर्ण थप्दै २९ स्वर्ण बनाएको थियो ।

पाँचौं दिन नेपालले ३ स्वर्ण थप गर्दै २० वर्ष अगाडिको कीर्तिमान भंग गरेको छ । सन् १९९९ मा सम्पन्न आठौं सागमा नेपालले ३१ स्वर्ण जितेको थियो ।त्यस पछि र अगाडि पनि नेपालले दोहोरो अंकमा स्वर्ण जित्न सकेको थिएन । आठौं साग पनि काठमाडौंमै भएको थियो । त्यसबेला नेपालले कराँते र तेक्वान्दोमा १४–१४ स्वर्ण जितेको थियो । बक्सिङबाट दुई र पौडीबाट एक स्वर्ण जितेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu