Connect with us
Kapilvast Forest

सागको सातौं दिन आज क्रिकेट फुटबल खेल्दै

२०७६, २१ मंसिर शनिबारमा प्रकाशित

काठमाडौं । (साग) को सातौं दिन आज पनि १८ खेलमा प्रतिस्पर्धा हुँदैछ ।

सागको सातौं दिन काठमाडौं पोखरा र जनकपुरमा गरि कुल १८ खेलमा प्रतिस्पर्धा हुनेछ । सागमा शनिबार आर्चरी, एथ्लेटिक्स, बास्केटबल, फुटबल, क्रिकेट, ह्यान्डबल, कब्बडी, साइक्लिङ, पौडी, सुटिङ, जुडो, टेनिस, बिच भलिबल, भारोत्तोलन, स्क्वास, कुस्ती, बक्सिङ र फेन्सीङमा प्रतिस्पर्धा हुनेछ ।

जसमा महिला फुटबल, महिला र पुरुष क्रिकेट, भारोत्तोलन, बिच भलिबल, आर्चरी र ह्यान्डबल पोखरामा हुन्छ । कुस्ती जनकपुर र अन्य खेल काठमाडौंमा हुनेछ । पुरुष फुटबलमा शनिबार दुई खेल हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले तेस्रो खेलमा माल्दिभ्सको सामना गर्दैछ ।

महिलातर्फ नेपाल र भारतबीच पोखरा रंगशालामा हुनेछ । यस्तै, पुरुष क्रिकेटमा शनिबार नेपालले बंगलादेशको यू २३ टिमको सामना गर्नेछ । टियु क्रिकेट मैदानमा हुने खेल बिहान ९ बजे सुरु हुनेछ । अर्को खेलमा भुटान र माल्दिभ्स खेल्नेछ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu