Connect with us
Kapilvast Forest

आखिर के हो सागमा भएको सुटिङ विवाद

२०७६, २१ मंसिर शनिबारमा प्रकाशित

मंसिर २१, काठमाडौं : दक्षिण एसियाली खेलकुद प्रतियोगितामा अहिले पदकविहिन खेलमध्ये सुटीङ पनि एक हो। तर चर्चाका हिसाबले सुटिङ अहिले हटेको छ। घरेलु मैदानमा नयाँ बनेको सुटीङ रेन्झ एसियाकै उत्कृष्ट मध्येमा एक हो। चिनियाँहरूले ४५ करोड बढी लागतमा रेन्ज तयार गरेका छन्। अझै सबै काम सकिएको छैन्। जारी प्रतियोगिता उनीहरुकै रेखदेखमा भइरहेको छ । प्रतियोगिताका हिसाबले खेलाडीलाई कुनै कमी छैन् ।
तर नेपाली खेलाडीका लागि भने साँचिकै हृदय विदारक बनेको छ। जारी सुटीङको प्रतिष्पर्धा। सुटिङ सँगका अध्यक्ष पुष्पदास श्रेष्ठको भनाई मान्ने हो भने खेलाडीहरुलाई साक्षी राखेर राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेश सिलवालले एकमहिना अघि नै हतियार आउने बचन दिएका थिए। तर उनले वचन पुरा नगर्दा अहिले देशको बेइजत भइरहेको छ। राखेपलाई संघले पटक–पटक हतियार किन्ने लिस्टनै पठाएको उनको तर्क छ । तर राखेपले सुनेको नसुनै गर्यो।
अनि पुरानै हतियारको सहारामा नेपाल प्रतिष्पर्धामा बाध्य भयो। अझ रमेश सिलवालले खेलाडीसँगै अघि राखेर एक सेमिनारमा एक महिना अघिनै हतियार आउने भनेर बचन दिए। उनको बचनले उत्साही खेलाडीले तालि पड्काए। खुसीले हल गुन्जीयो। के थाहा ती खेलाडीलाई अन्तिम समयमा यति ठुलो धोका पाइएला भनेर? अर्थात जे गरियो खेलाडीमाथि स्पष्ट राजनीति भयो। पुष्पदास श्रेष्ठले ओलम्पीकमा चुनाव हारे। ओलम्पीक अध्यक्ष जिवनराम श्रेष्ठसँग सम्बन्ध उनको राम्रो छैन्। त्यसो त सदस्यसचिवले पनि उनलाई अन्तिम सम्म गुमराहमा राखीरहे। परिणाम अहिले हतियार नभएरनै नेपाल सहभागिताका लागि सहभागिता जनाइरहेको छ। १० मिटर एयर पेस्तोल र एयर राइफल मात्र नेपाल सँग छ ।
त्यो पनि आठौं साफका दौरान किनेको । जुन हतियार अब म्युजियममा राख्ने बेला भइसकेको छ । तर पनि खेलाडीका लागि प्रतिष्पर्धा गर्नु पर्ने बाध्यता छ। नयाँ रेन्जमा २५ र ५० मिटरमा पनि प्रतिष्पर्धा भइरहेको छ। आयोजकका नाताले नेपालले यो इभेन्टमा सहभागिताका लागि सहभागिता जनाएको छ। जबकी नेपालसँग यो दुरीमा प्रतिष्पर्धा गर्ने हतियार नै छैन। यो दूरीको प्रतिष्पर्धाका लागि नेपालले भारत र श्रीलंकाका खेलाडीसँग मागेर काम चलाएको छ। अर्थात् नेपालको दयनियतालाई उनीहरूले सहानुभूति दिएका छन्। त्यसोत सुटिङ रेन्ज तयार सागमा गर्ने भनेर एकवर्षअघिबाटै सातदोबाटोस्थित राखेप परिसरमा सुटिङ अभ्यास गरिएन। श्रेष्ठ भन्छन्, ‘सागका लागि तयार गर्न भनेर हामीले एकवर्ष अघिबाटै अभ्यास बन्द गर्यौ। रेन्ज तयार हुन्छ भन्ने पक्का थियो। त्यसैले पटक पटक खेल सामाग्रिका लागि आग्रह गर्यौंं तर पार लागेन।’ सुटिङ संघका सदस्य निरन्जन रेग्मीले अब रेन्जलाई जोगाउने कसरी भन्ने प्रश्न उठेको बताए। उनले भने ‘खेलाडीसँग खेल्ने खेल सामाग्री छैन् । पहिलेपनि यो भत्काइयो । चाइनिजले ४० करोड बढीमा भवन बनाइ दिएको छ।
अब फेरि यसको सुरक्षाको चिन्ता हामीलाई छ।’ समग्रमा सुटिङमा हतियार किन्ने सरकारको तर्फबाटै पहल हुनुपर्छ तर हतियारविहीनता साच्‍चिकै नेपाली सुटिङका लागि दुखद हो। सुटिङ शीर्ष चारमा रहेर प्रतिष्पर्धा गरिरहेकी श्रेया केसी हतियार नपड्कीएका कारण शुक्रबार खेल छाडिन् योपटक सुटिङमा हतियार नपड्कीनु नौलो विषय बनेको छैन। तर, सम्बन्धित निकायको मौनता र एकअर्का प्रतिको आरोप भने अझै पनि लामो समयसम्म सुटिङ हतियारविहीन हुनेकुरामा अग्रसरताको रूपमा रहेको छ।
Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu