Connect with us
Kapilvast Forest

जनककल्याण स्वावलम्वन वचत तथा ऋण सहकारी संस्थाको १८ औ साधारण सभा सम्पन्न ।

२०७६, २२ मंसिर आईतवारमा प्रकाशित

मंसिर २ २,कपिलवस्तु ।जनककल्याण स्वावलम्वन वचत तथा ऋण सहकारी संस्थाको १८ औ साधारण सभा सम्पन्न भएको छ । कपिलवस्तुको शिबराज नगरपालिका वडा न १ चैनपुरमा सहकारी संस्थाले १८ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

कार्यक्रममा वोल्दै कार्यक्रमको प्रमुख अतिथी प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले सहकारी भनेकोे आम नागरिकहरुलाई सहज ढङगवाट ऋण उपलव्ध गराउने संस्था हो त्यसैले जनताहरुलाइ कुनै दुविधामा नपरी ऋण उपलव्ध गराउन’ पर्नेमा जोड दिनु भयो .।

सहकारीले बचत गर्ने बानीको बिकास भएकोले पनि आफुले आम्दानी गरेको केहि रकम भए पनि वचत गर्नु पर्ने बताउनु भयो । थोरै थोरै जम्मा गरेर बचत गर्ने बानीको बिकास भएकोले समाज परिर्वतनमा सहकारीको समेत अहम भुमीका रहेको बताउनु भयो । पहिला सहकारीलाई मानिसले बिश्वास नगरे पनि अहिले हरेक सहकारीमा उल्लेखनिय सहभागीता रहेका बताउनु भयो ।

शिवराज नगर क्षेत्र भित्र रहेका सहकारीहरुको आर्थिक तथा सामाजिक विकासका लागि प्रदेश सभा सदस्य केसिले हरदम सक्दो सहयोग गर्ने वताउनु भयो .। नेपालको आर्थिक विकासको तिन खम्बे निति भित्र सहकारी पनि एक खम्वाको रुपमा रहेको वताउदै अवका दिनहमा सहकारी संस्थाहरुले उत्पादनमुलक काममा अघि वढन के सी ले जोड दिनु भएको छ .।

त्यस्तै कार्यक्रममा बोल्दै शिवराज नगरपालीका कार्यपालीका सदस्य एवम जनककल्याण स्वावलम्वन वचत तथा ऋण सहकारी संस्थाका को अध्यक्ष लक्ष्मी हमालले सस्थाका सदस्यहरुलाई सहज ढङगवाट सहकारीवाट पाउने सेवा सुविधा उपलव्ध गराएको वताउनु भयो ।

सहकारीले रकम वचत र ऋणको मात्र काम नगरी सामाजिक कार्यमा पनि अग्रस्थानमा रहेको काम गरिरहेको बताउनु भयो । उहाँले सहकारी व्यवसाय विस्तार तथा क्षमता विकासका लागि अझै तिव्र रुपमा लागिपरेको वताउन भयो .।
त्यस्तै अध्यक्ष हमालले कार्यक्रममा आफनो धारणा राख्दै यो वर्ष वचत कर्ताहरुको माग अनुसार सहकारीमा खात उपलव्ध नहुदा माग अनुसारको मल उपलव्ध गराउन नसकेकोमा दुख व्यक्त गर्नु भयो । साथै आगामी वर्ष समयमै उपलव्ध गराउने वताउनु भयो । कार्यक्रममा उकृष्ट असल ऋण्ीा तथा समयमै दैनिक बचत गर्ने समयमै ब्याज भुत्तानी गर्ने विभिन्न समूहका १३ बचत कर्ताहरुलाई सम्मान गरिएको थियो ।

सस्थाका कोषध्यक्षले १ करोड ६० लाख ४५ हजार २सय ८ कुल नाफा सहितको बार्षिक आयब्यय प्रस्तुत गरेका थिए । १८औ वार्षिक साधारण सभामा अधिकाशं वक्ताहरुले सहकारीहरुले नियम विपरीत काम गर्न नहुने विषयमा जोड दिएका थिए । .

कार्यक्रममा सहज नेपालका अध्यक्ष संजिव गहतराज ,सहज बचत तथा ऋणसहकारी संस्थाका अध्यक्ष दिपक खडका, शिवराज नगरपाीका वडा न १का वडा अध्यक्ष जगत वहादुर जि सी तथा विभिन्न संस्था प्रतिनिधि लगायतको उपस्थिति रहेको कार्यक्रममा प्रदेश सभा सदस्य अर्जुन कुमार के सीको प्रमुख आतित्यता ,जनककल्याण स्वावलम्वन वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष लक्ष्मी हमाल अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन संस्थाका सेयर सदस्य अर्जुन सरले गर्नु भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu