Connect with us
Kapilvast Forest

पुष १४ गते देखि कपिलवस्तुको चन्द्रौटामा महोत्सव हुने

२०७६, २३ मंसिर सोमबारमा प्रकाशित

  • सनिउल्ला धोबी, कपिलवस्तु मंसीर २३,

कपिलवस्तुको चन्द्रौटामा छैठो चन्द्रौटा औद्योगिक ब्यापार मेला तथा कृषि प्रयटन महोत्सव २०७६ सञ्चालन हुने भएको छ । चन्द्रौटा उद्योग बाणिज्य संघले अगामी पुष १४ गते देखि २६ गते सम्म कपिलवस्तुको चन्द्रौटामा व्यापारीक महोत्सव सञ्चालन गर्न थालेको हो ।

आज चद्रौटाको हिलटन होटलमा पत्रकार सम्मेलन गर्दै महोत्सवले कपिलवस्तुको अर्थिक विकासमा टेवा पु¥याउने चन्द्रौटा उद्योग बाणिज्य संघका अध्यक्ष जमसेद अलि मियाले बताउनु भयो ।महोत्सवले यहाँको आर्थिक विकासमा टेवा पु¥याउछ ।’ महोत्सवमा स्थानिय तथा राष्ट्रिय कलाकाहरु आउने आयोजकले जनाएको छ ।

महोत्सवमा तिन सय बढि स्टल राखिने छन् । स्थानीय कृषि उत्पादनकाका सामाग्री स्टलमा राखिने छन् । टिकट शुल्क ४० र ५० रुपैयाँ रहेको छ । विद्यार्थीहरुको हकमा ४० रुपैयाँमा टिकट रहेको छ ।

महोत्सव सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले लिखित स्विकृती दिएको बताइएको छ । पत्रकार सम्मेलन कार्यक्रममा संघका अध्यक्ष जमसेद अलि मिया, वरिष्ठ उपाध्यक्ष इश्वरी पाण्डेय, उपाध्यक्ष लक्ष्मण भण्डारी, महासचिव नारायण भाट क्षेत्री लगायत पदाधिकारीहरुको सहभागीता रहेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu