Connect with us
Kapilvast Forest

दुवै मिर्गौला ’फेल’ अम्मरको उपचारमा आर्थिक सहयोग जुट्दै

२०७६, २५ मंसिर बुधबारमा प्रकाशित

शितगंगा-शितगंगा नगरपालिका ४ निवासी दुबै मिर्गौलापीडित अम्मर नेपालीको आर्थिक अभावका कारण उपचारमा समस्या भए सँगै आर्थिक सहयोग संकलन भइरहेको छ । शीतगंगा ४ ठाडा रातामाटा निवासी २२ वर्षीय अम्मर नेपालीको दुवै मृगौला फेल भएपछि अहिले उनी जीवन मरणको दोसादमा बाचिरहेका छन ।

टिचिङ अस्पताल महाराजगंज काठमाडौंमा उपचार गरिरहेका अम्मरको आर्थिक अवस्था कमजोर भएकाले थप उपचारका लागि आर्थिक समस्या भएको परिवारले जनाएको छ । सोही अनुरुप परिवारले सहयोगको अपिल गरे सँगै सहयोगी दाताहरुको सहयोग सुरु भएको छ । जस्मा आज शितगंगा नगरपालिका बाट संकलन भएको आर्थिक रकम घरपरिवार लाई प्रदान गरिएको छ ।

कमलपोखरी युवा कल्वका अधयक्ष सचिन बोहोरा उपाध्यक्ष सागर पौडेल तथा सचिव तुल्सिराम पौडेलले आज कमलपोखरी युवा कल्वको तर्फ बाट ७२००,ज्योतीमाबि कक्षा ८को तर्फ बाट रु १६००,कमला घिमिरे भट्टराई बाट रु २१००, रमेस भुसाल ३००० सरस्वती माबि परिवार २२०० हिमलाल भुसाल २१०० मधु अधिकारी २५०० बिभिन्न ब्यतिहरुको तर्फ बाट संकलन भएको सहयोग रकम रु २०००० बिस हजार पिडित अमरका अंकल टोपेन्द्र नेपाली लाई प्रदान गरिएको छ ।

सहयोग गर्ने धेरै दाताहरुले बैकं खातामा रकम जम्मा गरिरहेकोले सहयोग संकलन अभियान निरन्तर चलिरहेको कल्वका अध्यक्ष बोहोराले बताउनु भयो ।चिकित्सकले दुवै मृगौला प्रत्यारोपण गरेपछि ठीक हुने सल्लाह दिएपछि अहिले उनले सबैसँग आर्थिक सहयोगको याचना गरिरहेका छन्। उनका अंकल टोपेन्द्र नेपालीका अनुसार दुवै मिर्गौला प्रत्यारोपण गर्न ३० देखि ३५ लाख आर्थिकको जोहो गर्न चिकित्सकले भनेका छन्।
सहयोग मन भएकाले अम्मर नेपालीको नाममा रहेको एनएमबी बैंकको खाता नं. ०३५०११७६६८९०००१७ र कुमारी बैंकको खाता नं. ०१६००४३५६५२००००१ मा रकम जम्मा गर्न सक्ने छन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu