Connect with us
Kapilvast Forest

कस्मिरमा खटिएका भारतीय सेनालाई दिइयो अमेरिकी सिग ७१६ राइफल

२०७६, २५ मंसिर बुधबारमा प्रकाशित

काठमाडौं-कस्मिरमा खटिएका भारतीय सैनिकले अमेरिकामा निर्मित सिग सावर एसल्ट राइफल पाएका छन्।भारतीय सेनाले प्रयोग गर्दै आएको इन्सास राइफल कस्मिरमा आतंकवादीहरुसँग लड्न उपयुक्त नभएको भन्दै आलोचना भइरहेका बेला उसले अमेरिकी राइफल किनेको हो।

भारतले अमेरिकाबाट ७२ हजार सिग ७१६ राइफल किन्न ७ सय करोड भारतीय रुपैयाँको सम्झौता गरिसकेको छ। जसको पहिलो खेपबापत १० हजार राइफल भारतीय सेनालाई आपूर्ति गरिसकिएको छ।अमेरिकामा निर्मित नयाँ राइफल एक वर्षभित्र द्रूत प्रक्रियामार्फत भारतीय सेनालाई आपूर्ति गरिसकिने जनाइएको छ।७२ हजारमध्ये ६६ हजार भारतीय सेना, २ हजार नौसेना र ४ हजार वायुसेनालाई दिइने छ।

यसअभै भारतमै बनेको इन्सास राइफलको गोली भने ५.५६x४५ एमएमको थियो। तर सिग ७१६ राइफलको गोली भने ७.६२x४५ एमएमको हुनाले बढी शक्तिशाली मानिन्छ।यसबाहेक भारतले रुससँग मिलेर भारतमै ७ लाख वटा एके–२०३ एसल्ट राइफल बनाउने सम्झौता पनि गरिसकेको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu