Connect with us
Kapilvast Forest

तीनवटा देशबाट ल्याइने औषधी डब्लुएचओ सर्टिफाइड नभएको भन्दै सांसदहरुको आपत्ति

२०७६, २९ मंसिर आईतवारमा प्रकाशित

काठमाडौं । सांसदहरुले चीन, इन्डोनेसिया र बंगलादेशबाट ल्याइएका औषधी तथा खोपहरु डब्लुएचओ सर्टिफाइड नभएको बताएका छन् ।

संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको आजको बैठकमा पूर्व स्वास्थ्यमन्त्री मन्त्री तथा सांसद खगराज अधिकारीले ती देशबाट ल्याउने गरिएको औषधी र भ्याक्सिन डब्लुएचओ मान्यता प्राप्त नभएको बताउनुभएको हो ।त्यस्तै उहाँले अधिकांश स्थानीय तहमा भ्याक्सिनहरु पु¥याउँदा त्यसको टेम्प्रेचर कायम राख्ने कुनै उपकरण नभएका कारण भ्याक्सिनले सहि काम गर्ने र रोगहरुको उन्मुलन, निवारण तथा नियन्त्रण हुने अवस्था नरहेको बताउनुभएको हो ।

समितिका सभापति जयपुरी घर्तीले खोपहरुको प्रभावकारिता बढ्दै गएको भएपनि प्रयोगमा रहेका औषधीहरुको गुणस्तरका विषयमा अनुसन्धान आवश्यक रहेको बताउनुभयो ।

उहाँले महिलाको पाठेघरको क्यान्सरको खोप तत्काल प्रकृया पुरा गरी हरेक स्वास्थ्य संस्थामा उपलब्ध गराउनुपर्ने बताउनुभयो ।छलफलमा स्वास्थ्य विज्ञहरुले नेपालमा प्रयोग हुने कुनैपनि खोपहरु परिक्षणका लागि नभएको बताएका छन् ।

उनीहरुले अन्य मुलूकमा प्रचलित खोपहरु नै नेपालमा पनि प्रयोग गरिएको बताएका हुन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu