Connect with us
Kapilvast Forest

अपाङ्गता भएका बालबालिकाका लागि घुम्ती शिविर

२०७६, २ पुष बुधबारमा प्रकाशित

जाजरकोट । अपाङ्गता भएका बालबालिकालाई लक्षित गर्दै जिल्लाको कुशे गाउँपालिकामा एक घुम्ती शिविर सञ्चालन गरिएको छ ।  गाउँपालिका तथा सेभ द चिल्ड्रेनको आर्थिक सहयोग र पहाडि क्षेत्र विकास अभियान जाजरकोटको संयुक्त आयेजनामा शिविर सञ्चालन गरिएको हो ।

शारीरिक रुपले अपाङ्ग बालबालिकाहको स्वास्थ्य परिक्षण, अपाङ्ग पहिचान तथा परिचयपत्र वितरण गर्न निशुल्क घुम्ती शिविर संचालन गरिएको गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले बताउनुभयो । गाउँपालिकाको घरंगा र टापुचौरमा सञ्चालन गरिएको निशुल्क घुम्ती शिविरमा १८ बर्ष मुनिका २ सय ४८ जना अपाङ्ग बालबालिकाहरुको सहभागिता रहेको जनाइएको छ ।

शिविरमा १ सय ३९ जना बालक र १ सय ९ जना बालिकाहरुले भाग लिएका छन्। सञ्चालित शिविरबाट अपाङ्गता परिचयपत्र लिनेमा ‘क’ वर्गका १, ‘ख’ वर्गका १४, ‘ग’ वर्गका १६ र ‘घ’ वर्गको परिचयपत्र लिनेमा २२ जना गरि कूल ५३ जना रहेका छन् । ८ जनालाई सहायक सामाग्रीसमेत वितरण गरिएको छ ।

वितरित सहायक सामग्री नेपाल समाज कल्याण संघले प्रदान गरेको थियाे । मंसिर २९ गते घरंगा र ३० गते टापुचौरमा संचालन गरिएको निशुल्क घुम्ती शिवीरमा अध्यक्ष बस्नेत आफै सहभागि हुनुभएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu