Connect with us
Kapilvast Forest

नेकपा र कांग्रेसमा थपिए दुई डाक्टर नेता

२०७६, ४ पुष शुक्रबारमा प्रकाशित

काठमाडौं-नेपाली राजनीतिक वृत्तमा विद्यावारिधि (पिएचडी) गरेका दुई जना नेता थपिएका छन्।नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य बेदुराम भुसाल र नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले पिएचडी गरेका छन्।उनीहरू दुबै जना बिहीबार त्रिभुवन विश्वविद्यालयबाट दीक्षित भएका छन्।भुषालले जनताको बहुदलीय जनवाद (जबज)को ऐतिहसिक विकासक्रम शीर्षकमा पिएचडी गरेका हुन् ।

आफ्नो शोधपत्रमा भुसालले मार्क्सवादको उत्पत्ति यसको विश्वमा विकासक्रम र नेपालमा यसको विकास क्रमबारे समेत उल्लेख गरेका छन्।‘मेरो शोधपत्रमा मार्क्सवाद नेपालमा कसरी आयो यसलाई कसले ल्यायो, त्यसपछि नेपालमा कस्ताकस्ता विचार आए भन्नेछ,’ भुसालले भने,‘मार्क्सवादभित्र कसरी जबज आयो र यसमा के छ भन्ने नै हो।’ भुसालका गाइड डाक्टर सुरेन्द्र केसी थिए।कांग्रेस नेता भण्डारीले राष्ट्र र राज्य निर्माणमा विश्वव्यापीकरणको प्रभाव शीर्षक विद्यावारिधि गरेका छन्।

उनले नेपालमा प्रजातन्त्र आएदेखि गणतन्त्र आएसम्मको अवधिमा विश्वव्यापीकरणले समाजका विभिन्न क्षेत्रमा कस्तो प्रभाव पर्‍यो भन्नेबारे अध्ययन गरेका छन्।

‘मेरो अध्ययन निष्कर्षमा नेपाल त अस्थिपञ्जरजस्तो देखिन्छ, आफ्नो मौलिकता केही पनि नभएको र लक्ष्य भुलेको,’ भण्डारीले भने,‘हामी शिक्षा, स्वास्थ्य, रहनसहन, संस्कृतिमा अरूको नक्कल गर्नाले छाडाजस्ता भएका छौं। मौलिकता हराएको छ।’

उनले राज्य सञ्चालन गर्ने नेताहरूले सबैभन्दा बढी नेपाली संस्कृति भुलेर विदेशी संस्कृतिमा रमेकाले अहिलेको अवस्था आएको अध्ययनमा देखिएको बताए। ऋषिकेशराज रेग्मीको गाइडमा भण्डारीले पिएचडी गरेका हुन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu