Connect with us
Kapilvast Forest

‘ट्रम्पविरुद्धको महाभियोग इतिहासकै सबैभन्दा अन्यायपूर्ण’

२०७६, ४ पुष शुक्रबारमा प्रकाशित

युएसए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको महाभियोग इतिहासकै सबैभन्दा हतारमा गरिएको र अन्यायपूर्ण रहेको सिनेटका रिपब्लिकन तर्फका नेता मिच म्याकोनेलले बताएका छन्।

डेमोक्रेटले नेतृत्व गरेको तल्लो सदन प्रतिनिधिसभाले, पक्षपातपूर्ण आक्रोश पोख्दा त्यसले भविष्यका लागि एउटा विषाक्त उदाहरण बनाएको उनले बताए । बुधवार अमेरिकी संसद्को तल्लो सदनले ट्रम्पमाथि लागेका दुवैवटा आरोपमा उनलाई महाभियोग लगाउने पक्षमा बहुमत दिएको थियो । राष्ट्रपतिले आफ्नो शक्तिको दुरुपयोग गरेको र सन् २०२० मा हुने मतदानमा पुनः निर्वाचित हुने सम्भावना बलियो बनाउनका लागि युक्रेनसँग अनुचित तरिकाले सहायता मागेको आरोप उनीमाथि लागेको थियो । ट्रम्पले अब त्यसबारेको सुनुवाइको सामना माथिल्लो सदनमा गर्नु पर्नेछ । सिनेटमा रिपब्लिकनहरूको बाहुल्यता रहेकाले उनलाई शक्तिबाट हटाइने सम्भावना भने छैन ।

तल्लो सदनका करिब सबै डेमोक्रेटले अभियोगको पक्षमा मतदान गरेका थिए भने रिपब्लिकनले त्यसको विपक्षमा मत दिएका थिए।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu