Connect with us
Kapilvast Forest

मोदीकाे आक्राेश: ‘मेरो पुत्ला जलाउ, सरकारी सम्पत्ति होइन’

२०७६, ६ पुष आईतवारमा प्रकाशित

६ पुस, एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नागरिकता संसोधन कानुनको विरोध प्रदर्शनको चर्को आलोचना गरेका छन् ।पछिल्लो समय नागरिकता संसोधन कानुनको विरोधमा प्रदर्शन चर्किरहेका बेला रामलिला मैदानमा आयोजित जनसभालाई संबोधन गर्दै मोदीले केही नेता कानुनबारे भ्रम फैलाउन र हिंसा भड्काउन उद्दत रहेको आरोप लगाए । ‘अहिले विरोध गर्नेहरुलाई म भन्न चाहन्छु जति विरोध गर्नु छ मोदीको गर, मेरै पुत्ला जलाउ, पुत्ला बनाएर चोकमा जुत्ताले हान मोदीले भने, तर देशको सम्पत्ति नजलाउ, गरिबलाई नपिट, गरिबका र सरकारी सम्पत्तिमा आगो नलगाउ ।’

उनले प्रहरीमाथि भएको आक्रमणको पनि निन्दा गरे । ‘प्रहरी कसैको दुश्मन होइन हामी सबैको रक्षक हो, मोदीले थपे, तपाइ हामीलाइ आपत पर्दा प्रहरीले कहिल्यै जात,धर्म हेरेको छ र ?’ दिनरात घामपानी केही नभनी हाम्रो सुरक्षामा खटिने प्रहरीमाथि आक्रमण गरिनु निन्दनीय भएको उनले बताए । उनले ३३ हजार प्रहरी शान्तिका लागि सहीद भएको भन्दै प्रहरीको उच्च सम्मान गर्नुपर्नेमा जोड दिए ।

भारतमा नागरिकता संसोधन कानुनको विरोध हिंसात्मक बन्दै गएपछि मोदीले यस्तो बताएका हुन् । उनले यो विरोध प्रदर्शनमा सामेल भइरहेकालाई कागले कान लग्यो भनेर कागको पछि कुद्नुभन्दा एकपटक कान छाम्ने चेष्टा गर्न सुझाव दिएका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu