Connect with us
Kapilvast Forest

उखुको बक्यौता नतिर्ने चिनी मिललाई कारवाही गर्न गृहलाई कृषि मन्त्रालयको पत्र

२०७६, १४ पुष सोमबारमा प्रकाशित

काठमाडाैंपुस १४-उखु किसानको बक्यौता रकम नतिर्ने चिनी मिललाई कारवाही अगाडि बढाउन आग्रह गर्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गृह मन्त्रालयलाई आग्रह गरेको छ ।

किसानको पैसा नतिर्ने चिनी मिललाई कारवाही गर्न आग्रह गर्दै कृषि मन्त्रालयले गृहलाई सोमवारै पत्राचार गर्न लागेको हो ।

 

कृषिमन्त्री घनश्याम भुसालको निर्देशनमा मन्त्रालयले गृहलाई पत्राचार गर्न लागेको मन्त्रीका स्वकीय सचिव ज्ञानु भण्डारीले लोकान्तरलाई जानकारी दिए । उखुको बक्यौता रकम पाउनुपर्ने माग गर्दै उखु किसान काठमाडौंको माइतीघरमा धर्नामा बसेका छन् ।

२०७५ असोजमा कृषि, उद्योग र गृह मन्त्रालय तथा चिनी मिल सञ्चालकबीच भएको सहमति कार्यान्वयन नगरेको भन्दै कृषिले सहमति कार्यान्वयन नगर्ने उखु मिललाई कारवाही गर्न आग्रह गर्दै गृहलाई पत्र पठाउन लागेको हो । ‘५ दिनभित्र बक्यौता तिर्ने सहमतिलाई चिनी मिलले विभिन्न बहानामा कार्यान्वयन नगरेका कारण कारवाहीको लागि गृहलाई आग्रह गर्न लागेका हौं,’ मन्त्रालयका एक अधिकारीले लोकान्तरसँग भने ।

 

भुक्तानीको विषय कृषि मन्त्रालयभन्दा उद्योग मन्त्रालयको क्षेत्राधिकार बढी भएको भन्दै कृषिले उद्योग मन्त्रालयलाई पनि ताकेता गरेको छ । मन्त्री भुसाल स्वयं उद्योग मन्त्रालयमा गएर छलफल गरिरहेका छन् ।

सोमवार बसेको राष्ट्रियसभा बैठकको विशेष समयमा पनि विभिन्न दलका सांसदले उखु किसानका माग सम्बन्धमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । नेकपाका बलराम बास्कोटा, राजपाका वृषेशचन्द्र लाल र समाजवादी पार्टीका रामप्रित पासवानले उखु किसानका माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu