Connect with us
Kapilvast Forest

अब घर धनीले भाडामा बस्नेको सम्पूर्ण जानकारी प्रहरीमा बुझाउनुपर्ने

२०७६, १५ पुष मंगलवारमा प्रकाशित

mantralaya

काठमाडौं, पुस १५-गृह मन्त्रालयले काठमाडौँका घर धनीलाई भाडामा बस्नेको सम्पूर्ण विवरणसहितको सूची प्रहरीकोमा अनिवार्य रुपमा दिन निर्देशन दिएको छ।पछिल्लो समय काठमाडौँ उपत्यका लगायत देशका मुख्यमुख्य शहरमा घर भाडामा लिई विभिन्न अवराधिक गतिविधि, लुटपाट, डकैती लगायतका गतिविधि गरिरहेको भेटेपछि मन्त्रालयले यस्तो निर्णय गरेको हो।

केही दिनअघि गृहमन्त्री, गृहसचिव, सुरक्षा निकायका प्रमुखसहित गृह मन्त्रालयमा बसेको बैठकले अपराधिक गतिविधि नियन्त्रण, शान्ति सुरक्षा र जनधनको सुरक्षाका लागि भन्दै यस्तो निर्णय गरेको हो।

पछिल्लो समय संकास्पद गतिविधिमा चिनियाँ नागरिकहरु काठमाडौँको विभिन्न स्थानबाट पक्राउ परेका थिए। उनीहरुले विभिन्न स्थानमा कोठा, फ्ल्याटदेखि घर नै भाडामा लिएर गतिविधि गर्दै आएको भेटेपछि गृह मन्त्रालयले घरधनीसँग भाडामा बस्नेको सम्पूर्ण विवरण दिन माग गरेको हो।

‘काठमाडौँ उपत्यकालगायत देशका मुख्य मुख्य शहरी क्षेत्रहरुमा घरभाडामा दिने र लिने व्यक्ति, संस्था र कार्यालयले घरभाडामा दिँदा र लिँदा आफ्नो घरमा भाडामा बस्ने ब्यक्ति–संस्था–कार्यालयको परिचय खुल्ने कागजातसहितको विस्तृत विवरण–जानकारी एवं छाडेको विवरण र जानकारी समेत नजिकको स्थानीय प्रहरी इकाईमा अनिवार्य रुपमा दिने र स्थानीय प्रहरी इकाईले पनि अनिवार्य रुपमा लिई घरभाडामा बस्ने र छाड्नेहरुको नियमित एवं अद्यावधिक अभिलेख राख्नुपर्नेछ’, गृहको निर्णयमा भनिएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu