Connect with us
Kapilvast Forest

गोकर्णको जग्गा : यतीलाई रोपनीको वार्षिक १५ हजार, प्राथमिक अस्पतालसँग पाँच लाख १३ हजार भाडा माग्दै सरकार

२०७७, १९ फाल्गुन बुधबारमा प्रकाशित

 

काठमाडौं – पूर्वराजा वीरेन्द्रबाट राष्ट्रका नाममा आएको सम्पत्तिमा अहिले घरानियाँको रजगज कसरी बढिरहेको छ ? त्यसको उदाहरण पटक–पटक गोकर्ण रिसोर्टले दिइरहेको छ । हो, नाफामूलक व्यापार गर्न यती समूहलाई रोपनीको जम्मा १५ हजारका दरले लिजमा दिएको सरकारले नगरपालिकाको अस्पतालका लागि भने रोपनीको पाँच लाख १३ हजार मागेको छ ।

तत्कालीन राजपरिवारको नाममा गोकर्णमा रिसोर्टसहित रहेको ३७ सय रोपनी जग्गा नेपाल ट्रस्टको नाममा आएको छ । जसमध्ये २७ सय ९२ रोपनी जग्गामा यती समूहले रिसोर्ट सञ्चालन गरिरहेको छ । गत वर्ष २३ मंसिरमा मन्त्रिपरिषद्ले यतीलाई २७ सय ९२ रोपनी जग्गा आगामी ३० वर्षका लागि भाडामा दिने निर्णय गरेको थियो । प्रधानमन्त्री केपी ओली नेतृत्वको मन्त्रिपरिषद्ले गरेको निर्णयका आधारमा ईश्वर पोखरेल नेतृत्वको नेपाल ट्रस्टले यती समूहको कम्पनी एलएम सुभीर ब्रदर्ससँग ३० वर्षका लागि सम्झौता गरेको थियो ।

न् २०२० देखि सन् २०५० सम्म यती समूहले २७ सय ९२ रोपनी जग्गाको कुल एक करोड आठ लाख २३ हजार २०५ अमेरिकी डलर तिर्नेछ । यसरी औसतमा वर्षको तीन लाख ६० हजार डलर तिर्नेछ । यो हिसाबले प्रतिरोपनी वार्षिक १३० डलर अर्थात् नेपाली रुपैयाँ १५ हजार मात्र यतीले नेपाल ट्रस्टलाई तिर्नेछ ।

यसरी सन् २०५० मा पनि यतीले प्रतिरोपनी जग्गा १७ हजार रुपैयाँ तिर्नेछ । तर, अस्पतालसँग भने सरकारले यसै वर्षदेखि प्रतिरोपनी पाँच लाख १३ हजार मागेको छ ।

यस वर्ष गोकर्णेश्वर नगरपालिकाले १५ शड्ढयाको प्राथमिक अस्पताल बनाउन सात रोपनी जग्गा मागेपछि भाडा मूल्यांकन गरिएको थियो । ट्रस्टले नगरपालिकामार्फत मूल्यांकन गराउँदा प्रचलित बजारमूल्यअनुसार वार्षिक भाडा प्रतिरोपनी ११ लाख ३६ हजार रुपैयाँ ठहर भएको छ । यसरी नगरपालिकाले मागेको सात रोपनी दुई आना जग्गाको भाडा बजार मूल्यअनुसार वार्षिक ७९ लाख ५४ हजार एक सय २७ रुपैयाँ हुने ठहर पनि ट्रस्टले गरेको छ ।

यसरी नेपाल ट्रस्टले गरेको निर्णयअनुसार नै गोकर्णको जग्गाको प्रचलित भाडा प्रतिरोपनी वार्षिक ११ लाख ३६ हजार रुपैयाँ छ । तर, ट्रस्टले यती समूहलाई वार्षिक जम्मा ६५ सय रुपैयाँमा भाडामा दिएको छ । यसरी ट्रस्ट आफैँले सदर गरेको प्रचलित मूल्यको ७५ भागमध्ये एक भाग मात्र तिरेर यतीले राष्ट्रिय स्रोत दोहन गरिरहेको छ ।

नगरपालिकाले अस्पताल बनाउने भएकाले सरकारी दररेटअनुसार पनि मूल्यांकन गरिएको छ । सरकारी दररेटका आधारमा सात रोपनी दुई आनाको वार्षिक भाडा ३७ लाख पाँच हजार अर्थात् प्रतिरोपनी वार्षिक पाँच लाख १३ हजार आठ सय ८८ तथा बजार मूल्यांकन भएको छ । यसरी नाफामूलक व्यापारिक घरानालाई ६५ सय रुपैयाँ प्रतिरोपनीका दरले भाडामा दिएको नेपाल ट्रस्टले सरकारी अस्पताललाई भने प्रतिरोपनी पाँच लाख १३ हजार भाडा निर्धारण गरेको छ । यी दुई चरम विरोधाभासपूर्ण निर्णय ट्रस्टको सञ्चालक समितिका अध्यक्ष रहेका उपपप्रधानमन्त्री पोखरेलको नेतृत्वमा भएको हो ।

१५ शय्याको गोकर्ण प्राथमिक अस्पताल निर्माणका लागि गोकर्णेश्वर नगरपालिका– ४ स्थित कित्ता नम्बर १२ को सात रोपनी दुई आना जग्गा ट्रस्टसँग लिजमा मागेको हो । सो जग्गा गोकर्ण रिसोर्टको पर्खालसँगै जोडिएको छ ।

उता, ट्रस्टको प्रस्तावअनुसार २३ मंसिर ०७६ मा बसेको मन्त्रिपरिषद्को बैठकले गोकर्ण फरेस्ट रिसोर्टको २७ सय ९२ रोपनी तीन पैसा एक दाम जग्गा यती समूहको कम्पनीलाई दिने निर्णय गरेको थियो ।

यसरी व्यापारीलाई लिजमा दिँदा प्रचलित बजार मूल्यलाई आधार बनाई प्रतिस्पर्धाका आधारमा बढीभन्दा बढी कबोल गर्नेलाई दिनुपर्ने कानुन छ । तर, यती समूहले विनाप्रतिस्पर्धा ३० वर्षलाई राष्ट्रिय सम्पत्ति पाएको छ । नयाँ पत्रिका

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu