Connect with us
Kapilvast Forest

खयौन दुर्व्यवहारको आरोपपछि कर्नाटकका मन्त्रीद्वारा राजीनामा

२०७७, १९ फाल्गुन बुधबारमा प्रकाशित

 

एजेन्सी -भारतको कर्नाटकका मन्त्री रमेश जरकीहोलीले बुधबार पदबाट राजीनामा दिनु भएको छ । उहाँले आफूमाथि लागेको यौन दुर्व्यवहारको मुद्दासम्बन्धी आरोपबारे अनुसन्धानका लागि नैतिकरुपमा राजीनामा दिएको उल्लेख गनुृ भएको छ । यद्यपि आफू यो मामिलामा निर्दोष रहेको उहाँको दाबी छ ।

उहाँले दिएको राजीनामा मुख्यमन्त्री बीएस येदियुरप्पाले स्वीकृत गर्नु भएको छ र अनुमोदनका लागि गभर्नरलाई पठाउनु भएको छ । यसअघि जरकीहोलीमाथि सामाजिक अभियान्ता दिनेश कलाहालीले एक महिलामाथि यौन दुर्व्यवहारको आरोप लगाउनु भएको थियो । उहाँले महिला र मन्त्रीबीचको भिडियो, स्क्रिनसट र टेलिफोन वार्ता पनि सार्वजनिक गर्नु भएको थियो ।

उहाँले प्रहरीमा मन्त्रीविरुद्ध उजुरी पनि दिनु भएको थियो । उहाँले आफू पीडितको आफन्त पनि नभएको स्पष्ट पार्नु भएको थियो । सत्तारुढ पार्टीका नेताहरुले भने यो राजनीतिक पूर्वाग्रहबाट अभिप्रेरित घटना हुन सक्ने भन्दै यस विषयमा अनुसन्धानबाट मात्र सबै कुरा खुल्ने बताउनु भएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu