Connect with us
Kapilvast Forest

मल अभाव समस्या सधैँका लागि अन्त्य भयो :कृषिमन्त्री अर्याल

२०७७, २० फाल्गुन बिहीबारमा प्रकाशित

काठमाडौं- कृषि तथा पशुपंक्षी मन्त्री पद्माकुमारी अर्यालले कृषि मलको समस्या सधैँका लागि अन्त्य भएको दाबी गर्नु भएको छ ।​बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री अर्यालले मल अभावमा किसानलाई परेको समस्यामा सधैँका लागि अन्त्य भएको बताउनु भएको हो ‌। आफूले मन्त्रालय सम्हालेपछि समस्या समाधान निम्ति निकै काम गरेको पनि उहाँले दाबी गर्नु भएको छ ‌।

तत्कालीन समस्याको समाधान निम्ति व्यवस्थापन, मध्यकालीन समाधानको रूपमा मासिक कार्यतालिकाको आधारमा मलको सहज आपूर्ति गर्न हुन थालेपछि मलको समस्या हटेको उहाँले बताउनु भयो ‌। साथै, मन्त्रालयले दीर्घकालीन समाधान निम्ति मल कारखाना स्थापना गर्नेगरी काम अगाडी बढाएको उहाँले जानकारी दिनु भयो ।​

यस आर्थिक वर्षको आयातबाट २ लाख मेट्रिक टन मल आगामी वर्षको धान सिजनका लागि मौज्दात रहने भएकाले साउनदेखि असोजसम्मको माग धान्ने मन्त्रालयले दाबी गरेको छ।

आगामी आर्थिक वर्षको बजेटबाट व्यवस्था हुनेगरी प्रथम चौमासिक अवधिमा ३ लाख मेट्रिक टन मल आपूर्तिको प्रक्रिया यही महिनाबाट शुरू गरिने पनि मन्त्री अर्यालले जानकारी दिनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu