Connect with us
Kapilvast Forest

आज पनि घट्यो सुनको मूल्य

२०७७, २१ फाल्गुन शुक्रबारमा प्रकाशित

काठमाडौँ– साताको अन्तिम कारोबार दिन शुक्रबार पनि नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । स्थानीय बजारमा शुक्रबार सुनको भाउ रू. ९०० ले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला रू. ८५ हजार ६०० मा कारोबार भएको छ । बिहीबार छापावाला सुनको मूल्य प्रतितोला रू. ८६ हजार ५०० मा कारोबार भएको थियो । बिहीबारको तुलनामा शुक्रबार छापावाला सुन प्रतितोला रू. ९०० ले घटेको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ८५ हजार १५० मा कारोबार भएको छ । बिहीबार तेजाबी सुन प्रतितोला रू. ८६ हजार ०५० मा कारोबार भएको थियो ।

यस्तै, शुक्रबार चाँदीको मूल्यमा पनि गिरावट आएको छ । बिहीबार प्रतितोला रू. एक हजार २८५ मा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला रू. एक हजार २५० खरीदविक्री भइरहेको छ । बिहीबारको तुलनामा शुक्रबार चाँदी रू. ३५ ले घटेको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu