Connect with us
Kapilvast Forest

प्रचण्ड-नेपाल समूहले बनायो प्रचण्डलाई संसदीय दलका नेता

२०७७, २१ फाल्गुन शुक्रबारमा प्रकाशित

prachanda-

काठमाडौं-नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल समूहले संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डु चुनेको छ।शुक्रबार सिंहदरबारमा बसेको उक्त समूहको संसदीय दलको बैठकले प्रचण्डलाई संसदीय दलको नेता चुनेको हो। उक्त समूहले यसअघि केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट हटाएको थियो।

आजको बैठक जेष्ठ सदस्यका हैसियतमा बरिष्ठ नेता झलनाथ खनालले सञ्चालन गर्नु भएको थियो ।बैठकमा बोल्दै प्रचण्डले आजको बैठकले संसदीय दलमा आफूहरूसँग स्पष्ट बहुमत रहेको बताउनु भयो । उहाँले केही साथीहरू बिरामी र अन्य कामले बैठकमा आउन नसकेको बताउनु भयो ।

ओलीसँग गणपूरक संख्या पनि पुग्दैन,प्रचण्डले भन्नु भयो ,यसले वैधानिकता पाओस् भनेर हामीले कानुन व्यवसायीहरूसँग पनि छलफल गरेका छौं।यसअघि पुस ८ मा पनि उक्त समूहले प्रचण्डलाई संसदीय दलको नेता चुनेको थियो।

सांसद् सोमप्रसाद पाण्डेका अनुसार ११४ जना सांसदले दाहाललाई नेता बनाउन हस्ताक्षर गरेको छन् ।नेकपामा अध्यक्ष केपी ओली र दाहाल–नेपाल दुबै पक्षले आफूलाई आधिकारिक भएको दाबी गर्दै आएका छन् । प्रतिनिधि सभामा नेकपाका १७३ सांसद रहेका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu