Connect with us
Kapilvast Forest

राष्ट्रिय गौरवका तीन आयोजनाले मागे १३ अर्ब

२०७७, २६ फाल्गुन बुधबारमा प्रकाशित

काठमाडौं – राष्ट्रिय गौरवका सडकअन्तर्गतका आयोजना र प्राथमिकताप्राप्त राष्ट्रिय राजमार्गले विनियोजित बजेटले नपुग्ने बताउँदै थप १३ अर्ब रुपैयाँ बजेट माग गरेका छन् । राष्ट्रिय गौरवका सडक आयोजना काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्र्याक) र उत्तर–दक्षिण कोरिडोरबाहेक अन्य तीन राजमार्ग क्रमशः हुलाकी, मध्यपहाडी र मदन भण्डारी आयोजनाले थप बजेट मागेका हुन् ।

सरकारले चालू आर्थिक वर्ष (आव) २०७७र७८ का लागि विनियोजित बजेट अपुग हुने भन्दै प्राथमिकताप्राप्त आयोजना मदन भण्डारी राजमार्गमा ५ अर्ब, मध्यपहाडी राजमार्गमा ४ अर्ब र हुलाकी राजमार्गमा ४ अर्ब रुपैयाँ बजेट थप आवश्यक पर्ने देखिएको आयोजना प्रमुखहरूले बताएका छन् ।

गौरवकै आयोजनाका रूपमा घोषित द्रुतमार्ग र उत्तर–दक्षिण कोरिडोर भने विनियोजित बजेट नै खर्चिने तर थप रकम नमाग्ने पक्षमा छन् ।

सरकारले चालू आवमा अधिकांश ठूला पूर्वाधार आयोजनाको बजेटमा उल्लेख्य कटौती गरेको थियो । तर, विनियोजित बजेटले नपुग्ने भन्दै थप बजेट माग गरिएको आयोजना प्रमुख बताउँछन् ।

चालू आवको माघसम्म ३० किलोमीटर कालोपत्र सडक थप भएको मदन भण्डारी राजमार्गमा हालसम्म १ अर्ब ५० करोड रुपैयाँ बजेट खर्च भइसकेको आयोजना निर्देशक उमेशबिन्दु श्रेष्ठले बताउनु भयो । कालोपत्र सडक र अन्य संरचनामा उक्त रकम खर्चिएको आयोजनाले यस वर्ष ३ अर्ब ७ करोड रुपैयाँ बजेट पाएको थियो ।

उक्त राजमार्गमा नयाँ ४९ ओटा पुलको ठेक्का व्यवस्थापन गर्नुपर्ने हुँदा र काम शुरू हुनासाथ रकम निकासा गर्नुपर्ने देखिएकाले थप बजेट माग गरिएको श्रेष्ठले जानकारी दिनु भयो । उक्त राजमार्गमा निर्माण हुने पुलमध्ये ३१ ओटा पुलको प्रधानमन्त्री केपी ओलीबाट केही दिनअघि शिलान्यास भएको थियो ।आजको आर्थिक अभियान दैनिकबाट

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu