Connect with us
Kapilvast Forest

हिरासतमा रहेका म्यानमारका अर्का नेताको पनि ज्यान गयो

२०७७, २६ फाल्गुन बुधबारमा प्रकाशित

काठमाडौं – सैन्य कू को विरोधमा प्रदर्शन गर्ने क्रममा पक्राउ परेका म्यानमारको सत्तारुढ दल नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) का अर्का नेताको पनि ज्यान गएको छ ।

यसअघि एनएलडीका अर्का नेता खिन मौन लाटको गएको शनिबार ज्यान गएको थियो । सुरक्षाकर्मीले चरम यातना दिँदा दुईजना नेताको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । तर, सेनाले भने भाग्न खोज्दा लडेर गम्भीर घाइते भएका नेता झा म्याटलिनको ज्यान गएको प्रतिक्रिया दिएको छ ।

म्याटलिनको परिवारले भने पेटमा कसरी चोट लाग्यो भनेर प्रश्न गरेका छन् । नेतृ सुकीसहितका नेताहरुलाई रिहाइको माग गर्दै म्यानमारमा विरोध प्रदर्शन भैरहेको छ । प्रदर्शनका क्रममा अहिलेसम्म ६० जनाभन्दा धेरै व्यक्तिको ज्यान गैसकेको छ भने २ हजारभन्दा धेरै व्यक्ति पक्राउ परेका छन् । त्यहाँको सेनाले फेरि चुनाव गर्ने भन्दै एक वर्षको सङ्कटकाल लगाएर सैनिक शासन लागू गरेको छ । त्यसको विरोधमा हरेक दिन हिंसात्मक प्रदर्शन भैरहेको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu