Connect with us
Kapilvast Forest

खुम्बुमा बढ्न थाल्यो पर्यटकको चहलपहल

२०७७, २७ फाल्गुन बिहीबारमा प्रकाशित

प्रतिनिधिमुलक तस्विर

सोलुखुम्बु- कोभिडका कारण विगत लामो समयदेखि सुनसान नबनेको सोलुखुम्बुको व्यस्त पर्यटकीय क्षेत्रखुम्बुमा पर्यटकको चहलपहल शुरु हुन थालेको छ । कोभिडको महामारी विस्तारै कमहुँदै जान थालेपछि विश्वको सर्वोच्च शिखर सगरमाथालगायत अन्य मनोरम दृश्यावलोकन गर्न आउने पर्यटकहरुको आगमन दिन प्रतिदिन बढ्न थालेको हो ।

आरोहण सिजन सुरु हुन लागेपछि खुम्बुमा पर्यटकको चहलपहल बढेको हो । हालसम्म यो सिजन शुरु भएपछि १५५ जना पर्यटक खुम्बु भित्रएको सगरमाथा राष्ट्रिय निकुञ्जको जोरसल्ले चेकपोष्टले जनाएको छ ।

खुम्बुमा २५ महिला र ४६ पुरुष गरी ७१ जना विदेशी तथा ६३ महिला र २१ पुरुष गरी ८४ जना आन्तरिक गरी १५५ जना पर्यटक खुम्बु भित्रिएका हुन् । सुनसान रहेको खुम्बुमा दैनिक पर्यटकको संख्या बढ्न थालेको सगरमाथा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले जानकारी दिनुभयो ।

पर्यटकको चाप बढ्न थालेपछि सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय जोरसल्ले प्रवेशद्वारमा चहलपहल बढेको हो । पर्यटकहरुको जोरसल्ले प्रवेशद्वारमा अनिवार्य दर्ता गर्नुपर्ने प्रावधान रहेको छ । सोही कार्यालयमा पर्यटक सूचना केन्द्र समेत रहेको छ । केन्द्रले पर्यटकहरुलाई खुम्बु क्षेत्रमा जाँदा पर्यटकहरुले अपनाउनुपर्ने नियम, उच्च हिमाली क्षेत्रमा जाँदा पर्यटकले ध्यान दिनुपर्ने कुरालगायतका विषयमा पर्यटकहरुलाई जानकारी प्रदान गर्ने काम गर्दछ ।

फाटफुट पर्यटक आउन थालेपछि पर्यटक भरियाका रुपमा काम गरेर गुजारा चलाउनेहरुले समेत आशा पलाएको बताएका छन् । यसलाई पर्यटन व्यवसायीहरुले सकरात्मक सङ्केतका रुपमा लिएका छन् । सन् २००५ यता सगरमाथा राष्ट्रिय निकुञ्जमा बर्षेनि २५ हजारको हाराहारीमा पर्यटकहरु आउने गरेकोमा विश्वव्यापी फैलिएको कोरोना भाइरसका कारण विगत एक वर्ष यता पर्यटन व्यवसाय ठप्प छ ।
त्यस्तै, पर्यटक आउन थालेपछि का्भिडका कारण बन्द रहेका होटल पनि खुल्न थालेका छन् । महिनौँदेखि बन्द भएका लुक्ला नाम्चे तथा त्यस क्षेत्रको पर्यटन मार्गमा रहेका होटलहरु पर्यटक आउन थालेपछि खुल्न थालेको नाम्चे होटल व्यवसायी सङ्घका सल्लाहकार लामाकाजी शेर्पाले जानकारी दिनुभयो ।

उहाँका अनुासर नाम्चेमा रहेका ४० भन्दा बढी होटलमा १५ देखि २० वटा होटल खुलेका छन् । लुक्ला हुँदै पर्यटन मार्गमा पर्ने जोरसल्ले, फाक्दिङ, नाम्चे, खुम्जुङ, तेङबोचेलगायतका क्षेत्रका होटल खुल्न थालेको स्थानीय तोया श्रेष्ठले बताउनुभयो । लामो समय पर्यटन व्यवसाय ठप्प हुँदा व्यवसायीहरुको बिचल्ली भएको थियो ।गोरखापत्र अनलाइन

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu