Connect with us
Kapilvast Forest

एमालेको दसौं महाधिवेशन मंसिरमा 

२०७७, २८ फाल्गुन शुक्रबारमा प्रकाशित

 

काठमाडौं– सत्तारुढ नेकपा एमालेको दसौं महाधिवेशन तय भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको बैठकले आगामी २०७८ साल मंसिर २ देखि ६ गतेसम्म एमालेको महाधिवेशन तय गरेको हो ।

बैठकले एमालेले सातै प्रदेशको इन्चार्ज तोकेको छ । बैठकले प्रदेश १ मा सुवासचन्द्र नेम्वाङ, प्रदेश दुईमा सत्यनारायण मण्डल, बागमतीमा रामबहादुर थापा ‘बादल’, प्रदेश चारमा पृथ्वीसब्बा गुरुङ, लुम्बिनीमा शंकर पोखरेल, कर्णालीमा यामलाल कँडेल र सुदूरपश्चिम प्रदेशमा लेखराज भट्टलाई इन्चार्ज बनाउने निर्णय गरेको छ ।

बैठकले रामबहादुर थापा ‘बादल’ सहित २३ माओवादी नेता नेकपा एमालेको केन्द्रीय सदस्यमा मनोनीत गरेको छ । माओवादीसँग एकता गर्दा मनोनित भएका ४२ जना स्वतः केन्द्रीय सदस्य भएका छन् । योसँगै अब एमालेको केन्द्रीय कमिटी २६४ सदस्यीय भएको छ ।बैठकले प्रदीप ज्ञवालीलाई प्रवक्ताको जिम्मेवारी दिएको छ A

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu