Connect with us
Kapilvast Forest

प्रधानमन्त्री ओलीसँग सहकार्य हुँदैनः बाबुराम भट्टराई

२०७७, २८ फाल्गुन शुक्रबारमा प्रकाशित

काठमाडौँ  – जनता समाजवादी पार्टी(जसपा)० का संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सहकार्य नहुने बताउनु भएको छ । शुक्रबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता भट्टराईले ओलीसँग सहकार्य नहुने बताउनु भएको हो ।

नेता भट्टराईले प्रतिगमनकारी शक्ति, लोकतन्त्र, संघीयता र गणतन्त्रविरोधी कुनै शक्तिसँग राजनीतिक सहकार्य नहुनेमा आफूहरू प्रष्ट रहेको बताउँदै ओलीसँग सहकार्य नहुने बताउनु भएको हो । उहाँले संघीयता पक्षधर, लोकतन्त्र पक्षधर र गणतन्त्र पक्षधर शक्तिहरू बीच सहकार्य र समन्वय गरेर मुलुकलाई निकास दिने पक्षमा आफूहरू रहेको उहाँको भनाई छ ।

बैठकपछि बोल्दै जसपा अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले समेत अवैधानिक ठहर गरिसकेको अवस्थामा संविधान उल्लंघन गर्ने कार्यकारिणी प्रमुखले आफ्नो पद त्याग्नुपर्ने भन्दै सहयोग गर्न नसकिने बताउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu