Connect with us
Kapilvast Forest

ओलीको ‘वान टु वान’ वार्ता गर्ने प्रस्ताव नेपाल द्वारा अस्वीकार

२०७७, २ चैत्र सोमबारमा प्रकाशित

काठमाडौं-नेकपा एमालेभित्र देखिएको विवाद समाधानका लागि अहिले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच छलफल सुरु भएको छ ।

पार्टी कार्यालय धुम्बाराहीमा भएको वार्तामा दुबै समूहबाट अरु नेताहरु पनि सहभागी रहनु भएको छ । प्रधानमन्त्री ओलीले नेपाललाई एक्ला एक्लै भेट्न प्रस्ताव गरेपनि नेपालले त्यसलाई स्वीकार गर्नु भएन ।

छलफलमा ओली समूहबाट ईश्वर पोखरेल, विष्णुप्रसाद पौडेल, प्रदीपकुमार ज्ञवाली र सुवास नेम्वाङ रहनु भएको छ । नेपाल तर्फबाट भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भूसाल, र रघुजी पन्त सहभागी रहनु भएको छ ।

प्रधानमन्त्रीले नेपाललाई बालुवाटारमा वान टु वान वार्ताका लागि आमन्त्रण गरेपनि सम्भव नभएको बालुवाटार स्रोतले बताएको छ । उहाँले किन ओलीको त्यो प्रस्ताव अस्वीकार गरे भन्ने कुरा अहिलेसम्म खुलेको छैन् । अहिले पार्टी कार्यालय धुम्बाराहीमा छलफल जारी छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu