Connect with us
Kapilvast Forest

माधव नेपाल समूहसँगको छलफल सकारात्मक : प्रदीप ज्ञवाली

२०७७, २ चैत्र सोमबारमा प्रकाशित

pardip-gyawali.jpg

काठमाडौं – नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले पार्टी अध्यक्ष केपी शर्मा ओली समूह र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीचको भेटवार्ता सकारात्मक रहेको बताउनु भचएको छ ।

‘निश्कर्षमा नपुगे पनि, सारमा आजको छलफल सकारात्मक रहेको छ,’ उहाँले भन्नु भयो , ‘अब हामी विभिन्न चरणमा बस्छौं, कुराकानीहरु गर्छौं र मलाई विश्वास छ आजको छलफलले एउटा साझा धरातल निर्माण गरेको छ ।’

उहाँका अनुसार फागुन २८ गते अध्यक्ष केपी शर्मा ओली समूहले गरेको निर्णय स्थगन गर्नुपर्ने माग माधवकुमार नेपाल समूहले राखेको थियो ‘उहाँहरुले २८ गतेको बैठकमा हामी उपस्थित भएनौं । त्यसकारणले गर्दा त्यो बैठकका निर्णयहरुलाई कसरी स्वामित्व ग्रहण गर्ने, स्थगन गर्न सकिन्छ कि भनेर उहाँहरुले भन्नुभएको छ । हामीले अब अगाडि बढौं ती निर्णयहरुमा पुनरावलोकन गनुपर्ने छ, समीक्षा गर्नुपर्नेछ । केही कुराहरुमा थप सुधार गर्नुपर्ने छ भने त्यसमा छलफल गर्दै जान सकिन्छ । त्यसमा छलफल गर्दै जाऔं भन्ने आग्रह गरेका छौं’ ज्ञवालीले भन्नु भयो ।

दुबै पक्षले आ–आफ्ना कुरा राखेको भन्दै उहाँले भन्नु भयो हामी ठ्याक्कै निष्कर्षमा पुगिसकेका छैनौं । एउटै विन्दुमा पुगिसकेका छैनौं ।’ नेता ज्ञवालीले आफूहरुले माधव नेपाल पक्षलाई चैत ४ र ५ गते बोलाएको राष्ट्रिय कार्यकर्ता भेला स्थगन गर्न आग्रह गरेको सुनाउनु भयो ।

‘उहाँहरुले ४ र ५ गते राष्ट्रिय भेला गर्ने भन्नुभएको छ । त्यो भेलाले पार्टी एकतालाई बल पुर्‍याउँदैन । त्यसले थप दुरी बढाउने मात्रै काम गर्छ । त्यो भेलाहरु नगरौं । बरु अब केन्द्रीय कमिटीको बैठक आपसी परामर्शबाट तय गरौं भनेर कुराकानी गर्यौं’ नेता ज्ञवालीले भन्नु भयो ।

नेता ज्ञवालीले एमाले ब्युँताउने सर्वोच्च अदालतको फैसलालाई अवसरको रुपमा लिनुपर्ने पनि बताउनु भयो ।सर्वोच्च अदालतले नेकपा एमाले ब्युँताउने जुन फैसला गरेको छ यसलाई अवसरको रुपमा लिएर नेकपा एमालेलाई सुदृढ गर्दै लिएर लैजानुपर्छ । यहाँभित्र जे अन्तरविरोधहरु छन् ती अन्तरविरोधलाई छलफलको माध्यमबाट समाधान गर्दै जानुपर्छ’ उहाँले भन्नु भयो , ‘बलियो एमालेले मात्रै अरु बामपन्थीहरुलाई क्रमश पार्टी एकतामा जोड्दै सिंगो देशलाई नेतृत्व दिन सक्छ भन्ने कुरामा साझा अवधारणा निकालेका छौं ।’

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu