Connect with us
Kapilvast Forest

कोरोना खोप सबैले निर्धक्क भएर लगाउँ:राष्ट्रपति भण्डारी

२०७७, २ चैत्र सोमबारमा प्रकाशित

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाउनु भएको छ ।खोप लगाउन उहाँ त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जको खोप केन्द्रमा पुग्नु भएको थियो । कोरोना खोप लगाएपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै राष्ट्रपति भण्डारीले आफ्नै उमेर समूह पर्खिएर बसेकी तर बंगलादेश भ्रमणमा जानु पर्ने भएकाले खोप लगाएको बताउनु भयो ।

उहाँले भन्नु भयो , सबैले लगाईसकेपछि लगाउनुपर्ने भएपनि ठिकै छ भनेर बसेकी थिएँ । मित्रराष्ट्र (बंगलादेश)को भ्रमण गर्नुपर्ने भयो । खोप नलगाई जाँदा मिश्रित प्रतिक्रिया आउने भएकाले टार्न नसकिने भयो ।’

 

उहाँले सबैलाई निर्धक्क भएर खोप लगाउन अपिल गर्नु भयो न् । नयाँ भएको हुनाले केही शंका हुनु स्वभाविक भएपनि धेरै चरणको परीक्षण पछि मात्रै खोप आएको भन्दै उहाँले भन्नु भयो , ‘धेरै चरणको परीक्षण भएको हुनाले ढुक्क हुन अनुरोध गर्छु ।’

नेपालमा कोरोना खोप अभियान १४ माघबाट सुरु भएको थियो र आइतबार साँझसम्म अहिलेसम्म १५ लाख ५० हजारले खोप लगाएको मन्त्रालयले जनाएको छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu