Connect with us
Kapilvast Forest

‘गल्ती सबैबाट भयो, आत्मालोचनाका माध्यमबाट अगाडि बढौं’ : ​वामदेव

२०७७, ३ चैत्र मंगलवारमा प्रकाशित

काठमाडौं –नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले फागुन २८ गते गरेको एकलौटी निर्णय बदर गरे पार्टी एक हुने बताउनु भयो ।

पार्टी एकता अभियानको कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष गौतमले भन्नु भयो , ‘फागुन २८ को निर्णय बदर गरेर माधव नेपाललगायतका सबै नेता एक ठाउँमा उभिने वातावरण बनाइनुपर्छ। यसले कसैको हानि गर्दैन। पार्टी एक हुन्छ।’उहाँले पार्टीभित्र अब कसैलाई गाली, शंका र लान्छना लगाउन नहुने बताउनु भयो ।

‘हिजो मात्रै अध्यक्ष ओलीलाई भेटेर पार्टीको विधान र नवौं महाधिवेशन अनुकुल कार्य गरेर अगाडि बढ्न आग्रह गरें। उहाँलाई पार्टीका अन्तरविरोध समाधान गरेर सबैलाई समेट्ने काम गर्न भनेको छु’ गौतमले भनेन्नु भयो , ‘विगत केहि कालमा गल्ती सबैबाट भएका छन्। आलोचना आत्मालोचनाका माध्यमबाट अगाडि बढौं।’

उहाँले एमालेको नेतृत्वमा सबै वामपन्थी समेटिएको सरकार बनाउन सकिने बताउनु भयो ।‘उहाँले आफुलाई साथ दिन आग्रह गर्नुभयो मैले आफू एकता अभियानमा छु। एकताका काम सार्थक ढंगबाट अगाडि बढ्यो भने म कतै जान्न भनेर आएको छु’ उनहाँले भन्नु भयो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu