Connect with us
Kapilvast Forest

तत्काल अविश्वास प्रस्ताव पेस गर्दैनौँ, प्रधानमन्त्रीले नै राजीनामा दिनुर्छ :माओवादी केन्द्र

२०७७, ३ चैत्र मंगलवारमा प्रकाशित

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ । मङ्गलवार बिहान बसेको संसदीय दलको बैठकपछि प्रमुख सचेतक देव गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिनुपर्ने निष्कर्ष निकालिएको जानकारी गराउनुभयो ।

सर्वोच्च अदालतले नै कदम असंवैधानिक ठहर गरिदिएकाले तत्काल अविश्वासको प्रस्तावमार्फत हटाउने भन्दा पनि प्रधानमन्त्री ओलीले नै तत्काल राजीनामा दिनुपर्ने माओवादी केन्द्रको निर्णय रहेको छ । यस्तै बैठकले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने निर्णयसमेत गरेको छ । त्यस्तै माओवादीका ६ जना सांसद अर्को दलमा गएको भन्ने विषयमा आफ्नो धारणा पेस गर्न पत्राचार गर्ने निर्णय भएको प्रमुख सचेतक गुरुङले बताउनुभयो ।

बैठकले पुष्पकमल दाहाल प्रचण्डलाई दलको नेता र देव गुरुङलाई मुख्य सचेतकमा कायमै राख्ने निर्णय गरेको छ । बैठकमा संसदीय दलका नेता प्रचण्डले राजनीतिक घटनाक्रममा बारेमा जानकारी गराउनुभएको थियो ।

यस्तै बैठकले पार्टीको विधान संशोधनका लागि तीन सदस्यीय समिति बनाएको छ । प्रमुख सचेतक गुरुङ संयोजक रहने समितिको सदस्यमा रामनारायण बिडारी र रेखा शर्मा रहने माओवादी नेतृ पम्फा भुसालले उज्यालोलाई जानकारी दिनुभयो ।

सर्वोच्च अदालतको फैसलाले नेकपा माओवादी केन्द्र बिउँतिएकोले विधानमा केही विषय फेरबदल गर्नुपर्ने हुँदा त्यसको कसरतका लागि तीन सदस्यीय कार्यसमिति बनाइएको नेतृ भुसालले जानकारी दिनुभयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu