Connect with us
Kapilvast Forest

सर्वदलीय बैठकमा आफ्नो बंगलादेश भ्रमणबारे राष्ट्रपतिद्वारा जानकारी

२०७७, ३ चैत्र मंगलवारमा प्रकाशित

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेको सर्वदलीय बैठक सकिएको छ । राष्ट्रपति निवास शीतल निवासमा बसेको सर्वदलीय बैठकमा राष्ट्रपति भण्डारीले आफ्नो बंगलादेश भ्रमणका विषयमा जानकारी गराउनु भएको छ ।

सर्वदलीय बैठकमा संसद विघटनका विषयमा समेत कुरा उठेको नेमकिपा सांसद् प्रेम सुवालले बताउनु भयो । उहाँका अनुसार प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटनबारे कुरा उठाएका थिए ।

‘प्रधानमन्त्रीले बोल्ने क्रममा सरकार र संसद् चल्ने अवस्था नआएपछि विघटन गरेको हो भन्नुभयो । उहाँले संविधानको धारा ७६ र ८५ मा पनि विघटनको व्यवस्था गरिएको छ भन्नुभयो । सरकार र संसद् नचले फेरि पनि विघटन हुन्छ भन्नुभयो । त्यसमा आश्चर्य मान्नुपर्ने कुरा छैन,’ सुवालले प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै भन्नु भयो ।

दलका नेताहरूले प्रतिनिधिसभा विघटनमा राष्ट्रपतिको भूमिकामाथि पनि प्रश्न उठाएपछि राष्ट्रपति भण्डारीले आफूले संविधानको अक्षरशः पालना गरेको जवाफ दिएको सुवालले बताउनु भयो ।

राष्ट्रपति भण्डारीले आफ्नो बंगलादेश भ्रमणका बारेमा बैठकमा जानकारी गराएको जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जानकारी दिनु भयो ।सर्वदलीय बैठकमा आफूले राजनीतिक समस्याको समाधान संसदबाटै खोज्न सुझाव दिएको अध्यक्ष केसीले जानकारी दिनु भयो ।

बैठकमा पूर्व प्रधानमन्त्रीहरु र संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरु सहभागी भएका थिए ।प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल, अर्थमन्त्री विष्णु पौडेल, नेपाली कांग्रेसबाट सभापति शेरबहादुर देउवा, महामन्त्री शशांक कोइराला, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि लगायतको सहभागीात रहेको थियो ।

यसैगरी नेकपा (माओवादी केन्द्र )का अध्यक्ष पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ र देवप्रसाद गुरुङ सहभागी हुनु भएको थियो ।जनता समाजवादी पार्टी (जसपा)बाट अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो सहभागी हुनु भएको थियो । त्यसैगरी नेमकिपाबाट प्रेम सुवाल र राप्रपाबाट डा। प्रकाशचन्द्र लोहनी सहभागी हुनु भएको थियो ।

बैठकमा एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालको भने अनुपस्थित थियो ।राष्ट्रपति भण्डारी यही चैत ९ गते मित्र राष्ट्र बंगलादेशको राजकीय भ्रमणमा जाँदैहुनुन्छ । परराष्ट्र मन्त्रालयले समेत राष्ट्रपति भण्डारीको दुई दिने राजकीय भ्रमणको कार्य तालिका सार्वजनिक गरिसकेको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu