Connect with us
Kapilvast Forest

उत्कर्षमा एमालेभित्रको विवाद

२०७७, ४ चैत्र बुधबारमा प्रकाशित

काठमाडौं -सत्ताको बागडोर सम्हालिरहेको नेकपा एमालेभित्रको विवाद थप उत्कर्षमा पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओलले फागुन २८ गते केन्द्रीय सदस्यहरुको बैठक राखेर माधवकुमार नेपाल पक्षका सबै नेताहरुको जिम्मेवारी खोसेपछि नेपाल समूहले चैत ४ र ५ गते राष्ट्रिय भेला गर्दैछ ।

फागुन २८ गतेको निर्णय मान्य नहुने भन्दै नेपाल समूहले देशभरका कार्यकर्तालाई काठमाडौँ बोलाएर भेला आयोजना गर्न लागेको हो । ओलीले सो भेलामा सहभागी भए कारबाही गर्ने धम्की दिएका छन् तर नेपाल समूहले कारबाही सहन लामबद्ध रहेको जनाएको छ ।

सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि एमालेभित्र पुरानो विवाद झन् बढेको छ । ओली पक्षले नेपाल समूहको जिम्मेवारी खोस्दै लगेपछि विवाद उत्कर्षमा पुगेको हो ।

हाल नेपाल पक्षले देशव्यापी रुपमा आफ्नो तहबाट एमालेभित्र समानान्तर कमिटी बनाउन लागेको छ । नेपाल पक्षले राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरेपछि सोमबार बिहान एमाले पार्टी कार्यालय धुम्बाराहीमा ओली र नेपाल दोस्रो तहका नेताहरुसहित छलफलमा जुटेका थिए । तर, त्यसमा ठोस सहमति हुन सकेन ।आजकोनागरिक दैनिकमा समाचार छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu