Connect with us
Kapilvast Forest

शैक्षिक संस्थामा थप सतर्कता अपनाउन शिक्षा मन्त्रालयको आग्रह

२०७७, १३ चैत्र शुक्रबारमा प्रकाशित

काठमाडौ-शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले नेपालमा पुनः कोरोनाभाइरसको सङ्क्रमण बढ्दै गएको भन्दै शैक्षिक संस्थामा थप सतर्कता अपनाउन आग्रह गरेको छ । आज शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा बसेको बैठकले जनस्वास्थ्य र सुरक्षासम्वन्धी मापदण्डका साथै प्रदेश सरकार र स्थानीय तहबाट स्थान विशेषमा तय गरिएका थप मापदण्डहरूको पूर्ण रूपमा पालना गर्न अनुरोध गरेको छ

।शिक्षण संस्थाहरूमा मास्क तथा स्यानिटाइजरको प्रयोग गर्ने, सावुन पानीले हात धुने, ज्वरो नाप्ने र कसैमा सङ्क्रमणको लक्षण पाइएमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने व्यवस्थालाई प्रभावकारी वनाउन हुन मन्त्रालयले अनुरोध गरेको छ ।

यसका साथै शिक्षण संस्थाहरूमा सभा, समारोह, वार्षिक उत्सव जस्ता कार्यक्रमहरूको आयोजना नगर्न र नगराउन समेत भनिएको छ । मन्त्रालयले ‘विद्यालय सञ्चालन सम्वन्धी कार्यढाँचा, २०७७’को पूर्ण रूपमा अनुसरण गर्न र उक्त कार्याढाँचाको अधिनमा रही स्थानीय सरकारवाट निर्णय भएबमोजिम गर्न अनुरोध गरेको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu