Connect with us
Kapilvast Forest

प्रतिनिधिसभा बैठक: प्रधानमन्त्रीको राजीनामा माग देखि बचाउ सम्म

२०७७, २३ चैत्र सोमबारमा प्रकाशित

काठमाडौं-प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बिषय फेरि दोहो¥याएको छ । काँग्रेसका सांसद भीमसेनदास प्रधानले आजको प्रतिनिधिसभा बैठकमा काँग्रेसले राजीनामा मागिसकेको , माओवादीले पनि कामचलाउ भनिसकेको अवस्थामा प्रधानमन्त्रीले अहिलेसम्म राजीनामा किन नदिएको भन्दै उहाँले यसबारेमा सरकारले सदनमा आएर जवाफ दिनुपर्ने पनि बताउनुभयो ।

सरकारलाई संसद्को विश्वासबारे सदनमा जवाफ दिनुपर्ने उहाँको भनाइ छ । बैठकमा सत्तारुढ नेकपा एमालेका सांसद राजबहादुर बुढाक्षेत्रीले संसद्लाई प्रभावकारी बनाएर लानुपर्ने दायित्व सबै राजनीतिक दलहरूको भएको बताउनुभयो ।

सांसद बुढाक्षेत्रीले नयाँ निर्वाचनबाट आउने संसदमा अहिलेभन्दा फरक अंकगणित हुने भन्नेमा कसरी विश्वस्त हुने भन्ने प्रश्न गर्नुभएको थियो । संसद् दलहरू बीचको विवादले शून्यतामा पुग्नु दर्भाग्य रहेको भन्दै सांसद क्षेत्रीले भने राजनीतिक दलहरूले सधै चालबाजीको खेल खेल्नु र संसद भित्रको अंकगणितले गर्दा कठिनाइ भएको भन्नु ठीक नभएको बताउनुभयो ।

काँग्रेस सांसद रंगमती शाहीले संसद् र सिंहदरबार आउन प्रधानमन्त्री किन डराएको भन्दै प्रश्न गर्नुभयो । एमाले सांसद महेश बस्नेतले भने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको आलोचना गर्नुभयो । नेकपा हुँदा प्रधानमन्त्री ओलीको राजीनामा माग्ने काम गरेको भन्दै उहाँले प्रचण्डको आलोचना गर्नुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu