Connect with us
Kapilvast Forest

वडा अध्यक्ष जि सीद्वारा जन्मोत्सवमा विद्यार्थीहरुलाई पोषिलो खाना तथा टिफिन वितरण

२०७७, २६ चैत्र बिहीबारमा प्रकाशित

कपिलवस्तु-कपिलवस्तुको शिवराज नगरपालिका वडा नं १का वडा अध्यक्ष जगत बहादुर जि सीको ६९ औं जन्मोत्सवको अवशरमा विद्यार्थीहरुलाई पोषिलो खाना तथा टिफिन वितरण गर्नुभएको छ ।

शिवराज नगरपालिका वडा १ बनकसमा रहेको जागृती आधारभुुत विद्यालयमा अध्यानरत वालवालिकाहरुलाई पोषिलो खाना तथा टिफिन बितरण गर्नुभएको हो ।

बुधबार परेको आफनो ६९ औं जन्म उत्सवको  अवसर पारेर  विद्यालयमा पुगेर सामाग्री वितरण गर्दै वडा अध्यक्ष जि सीले जन्मदिनको अवशरमा वितरण पोषिलो खाना र टिफिन वितरण गर्दै बच्चा पोषिलो खाना खाएर असल नागरिक बनून् भन्ने उद्देश्यले पोषण प्राप्त हुने खाना र वालवालिकाले विध्यालयमा पोषणयुक्त खाना ल्याउनको लागि टिफिन वितरण गरेको बताउनु भयो  ।अध्यक्ष जि सीले आफुले जन्मदीनको अवशरमा फजुल खर्च नगरि सामाजिक क्षेत्रमा खर्च गरेको बताउनुभयो ।

अध्यक्ष जि सीको जन्म दिनको शुभकामना दिदै लुम्विनी प्रदेश सांसद अर्जुन कुमार के सी ले जन्मदिनको अवसर अन्य खर्च गर्नुभन्दा सामाजिक क्षेत्रमा खर्च गर्ने कार्य सहरानीय भएको बताउनु भयो ।

सरकाले हरेक ठाउँका नागरीकलाइ शैक्षिक रुपमा आत्मनिर्भर गराउन नसक्दा सम्म तव सम्म हामी अगाडि बढ्न कठिन हुने सांसद के सी ले बताउनु भयो ।

शिवपुुर स्वास्थ्य चौकीका प्रमुख लेखनाथ पौडेल , विद्यालयका प्रध्यानाध्यापक मनकुमारी थापा,स्वास्थ्यकर्मी लगायतले जन्मदिनको शुभकामना सगै सामाजिक कार्य गरेकोमा धन्यवाद दिनु भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu