Connect with us
Kapilvast Forest

लुम्बिनी प्रदेशमा चाडै बिश्व बिद्यालय संचालन हुन्छ: मुख्यमन्त्री पोख्रेल

२०७७, ३० चैत्र सोमबारमा प्रकाशित

कपिलवस्तु –
लुम्विनी प्रदेशका मुख्य मन्त्री मुख्यमन्त्री शंकर पोख्रेलले प्रदेश विश्व विद्यालय स्थापना गर्ने तयारी गरेकोे बताएका छन । कपिलवस्तुको यशोधरा गाउपालिकाको बैदौली स्थित अनिरुद्र पव्लिक माध्यमिक विद्यालयको हिरक महोत्सवको उदघाटन गर्दै मुख्य मन्त्री पोख्रेलले उच्च शिक्षा अध्ययनमा सहजताकालागि प्रदेश बिश्व बिद्यालय आवश्यक रहेको बताए । विश्व विद्यालय संचालनका लागि सरकारले निति बनाउने काम अगाडी बढाएको उनले बताए ।

प्रदेश सरकारको लगानीमा क्याम्पसको पहुँच नभएका क्षेत्रको अध्ययन गरी ति क्षेत्रमा क्याम्पस स्थापना गर्ने मुख्य मन्त्री पोख्रेलले बताए । उनले कोभिडको कंहरमा विद्यालय क्वारेन्टाईनको रुपमा प्रयोग हुँदा अधिकांश विद्यालयमा समस्या देखिएको बताए । विद्यालयमा शौचालय सुधारको लागि प्रदेश सरकारले थप योजना ल्याउने गरी शौचालय नभएका र नपुग भएका विद्यालयमा आउने आर्थिक बर्ष भित्र भित्र शौचालय निर्माण गरिने उनले बताए । मुख्यमन्त्री पोख्रेलले अनिरुद्र पव्लिक माध्यमिक विद्यालयको भौतिक पुर्वाधारको अवस्था कमजोर रहेकोले पुर्वाधार विकासका प्रदेश सरकारले सहयोग गर्ने बताए ।

उनले मधेसमा शिक्षाको पहुँच बृद्धी गर्न सरकारले ध्यान दिएको दाबी गरे । प्रदेश सरकारले शिक्षाको पहुँच बढाउँनका लागि कक्षा ११ र १२ मा विज्ञान विषय पढ्ने छात्रा, दलित तथा मुस्लिम विद्यार्थीलाई छात्रवृतीको व्यवस्था गरेको बताए । छात्रवृतीका कारण विज्ञान विषय पढ्ने बालिकाको संख्या तिन गुणा वृद्धी भएको बताए । प्रदेशका बाँके र कपिलवस्तु जिल्लामा मुस्लिम बालबालिकाको शिक्षामा पहुँचको लागि सरकारले चासो दिएको बताए ।सो अवसरमौ संघिय संसद बृजेश कुमार गुप्ताले मधेसका विद्यालयको स्तर सुधार गर्न सरकारले ठोस कदम चाल्नु पर्ने बताए ।

दक्षिणी क्षेत्रका विद्यालयमा आधारभूत तह पछि विद्यालय छाड्ने दर वढी भएको हुँदा कम गर्नका लागि स्थानीय सरकारले निति बनाउन जोड दिए । । लुम्बिनी प्रदेश सरकार सामाजिक विकास समिति का सभापती दीर्घनारायण पाण्डेयले मधेसी भेगमा बालिका घरायसी प्रयोग गर्दा शिक्षा बाट वन्चीत भएको बताए ।लुम्विनी प्रदेश सभा सदस्य धर्मलाल श्रीवास्तव, रिना नेपाल, संविधान सभा सदस्य बलराम अधिकारी, राकेश कुमार पाठक लगायतले मन्तब्य दिएका थिए ।

कपिलवस्तुको भारतीय सिमा सँग जोडिएको यशोधरा गाउँपालिका ५ बैदौलीमा रहको विद्यालय जिल्लाकै तेस्रो पुरानो विद्यालय रहेको विद्यालयमा प्रधानाध्यापक रमेशनाथ पाण्डेयले बताए । सोमबार देखी सुरु भएको हिरक महोत्सव ३ दिन सम्म चल्ने बताइएको छ । कार्यक्रम यशोधरा गाउँपालिकाका अध्यक्ष गिरजेश कुमार पाण्डेको अध्यक्षता र विद्यालयका शिक्षक रामसेवक यादवको संचालनमा सम्पन्न भएको थियो । यस्तै मुख्य मन्त्री पोख्रेलले सोमवार नै तौलिहाव स्थित बालगृहको अवलोनकन गरेका छन । मुख्य मन्त्री पोख्रेललाई बालगृहको अवस्था बारे नेपाल बाल संगठनका अध्यक्ष गोपालमणी ज्ञवालीले जानकारी गराएका थिए । सो अवसमरमा मुख्य मन्त्री पोख्रेलले बालगृहको भौतिक अवस्था सुधारकालागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu