Connect with us
Kapilvast Forest

बायोमेट्रिक हाजिरी परीक्षणमा ढिलाइ

२०७८, ३ बैशाख शुक्रबारमा प्रकाशित

 

काठमाडौँ-वैदेशिक रोजगार विभागले अभिमुखीकरण तालिम लिँदाको बायोमेट्रिक र अन्तर्राष्ट्रिय विमानस्थलको श्रम कक्षमा लिइने बायोमेट्रिक हाजिरी एउटै भए वा नभएको परीक्षण गर्ने कार्य यसअघि तोकिएभन्दा केही ढिला हुने भएको छ । विभागले सूचनामार्फत विभागको सूचना व्यवस्थापन प्रणाली (फेमिस) स्तरोन्नति काम भइरहेकाले यसअघि तोकिएको समयभन्दा १२ दिन ढिला गरेर बायोमेट्रिकको परीक्षण गरिने जनाएको हो ।

विभागले यसअघि वैशाख १ गतेदेखि अभिमुखीकरण तालिम लिँदाको र अन्तर्राष्ट्रिय विमानस्थलको श्रम कक्षमा लिएको वायोमेट्रिक एउटै नभए श्रमिकलाई फिर्ता गरिने सूचनामार्फत जानकारी गराएको थियो । विभागले विभागको सूचना व्यवस्थापन प्रणाली (फेमिस)को स्तरोन्नति काम सकिनेबित्तिकै बायोमेट्रिकको परीक्षण सुरु हुने जनाएको छ ।

विभागले ढिलोमा आउँदो १२ गतेदेखि बायोमेट्रिक परीक्षण गर्ने गरी तयारी भएको जनाएको छ । विभागले पछिल्लो पटक अभिमुखीकरण तालिम दिने ४५ वटा संस्थाको आकस्मिक अनुगमन गरेकोमा ३० वटा त बन्द गरेको छ । तालिम प्रदायक संस्थाले विदेश प्रस्थानपूर्व दिइने १२ घण्टे अभिमुखीकरण तालिम लिएकालाई बायोमेट्रिक लिनुुपर्ने र बायोमेट्रिक लिएको रेकर्ड विभागमा पठाउनुपर्ने व्यवस्था छ ।

तर, तालिम प्रदायक केही संस्थाले अभिमुुखीकरण तालिम नै नदिई प्रमाणपत्र दिने र घर÷घरमा पुुगेर बायोमेट्रिक लिने गरेको विभागको अनुुगमनका क्रममा पाइएको छ । पछिल्लो व्यवस्थाअनुसार विदेश प्रस्थानपूर्व अनिवार्य लिनुुपर्ने अभिमुुखीकरण तालिममा सहभागीको बायोमेट्रिक हाजिरको रेकर्ड अनलाइनमार्फत विभागमा पठाउनुपर्ने व्यवस्था छ ।

विभागका अनुसार वैदेशिक रोजगारीमा जाने श्रमिकलाई विदेश जानुपूर्व अभिमुखीकरण तालिम नलिई प्रमाणपत्र मात्र दिने गरेको वा नक्कली बायोमेट्रिक लिएको भए उनीहरूलाई वैशाख १ गतेदेखि विमानस्थलबाट फर्काइने घोषणा गरेको थियो । वैदेशिक रोजगारीका लागि अनिवार्य गरिएको अभिमुखीकरण तालिम नलिई प्रमाणपत्र मात्र लिने दिने गरिएको, तोकिएको समयभित्र तालिम नलिएको तथा अर्कै व्यक्तिको बायोमेट्रिक हाजिरी विवरण रेकर्ड गराई तालिम गराइएको भेटिएपछि विभागले विमानस्थलको श्रम कक्षबाट वैदेशिक रोजगारीमा जाने श्रमिकको बायोमेट्रिक हाजिरी विवरण व्यक्ति स्वयंको उपस्थितिमा गराउँदा आधिकारिक नभएको पाइएको थियो ।

विभागले नक्कली बायोमेट्रिक प्रयोग गर्दा बीमा तथा कल्याणकारी कोषबाट प्राप्त हुने सुविधाबाट वञ्चित हुनसक्ने, बायोमेट्रिक नमिल्दा विदेशबाट पुनः श्रम स्वीकृति प्राप्त गर्न नसक्ने तथा गन्तव्य मुलुकसम्बन्धी जानकारी, वैदेशिक रोजगारसम्बन्धी कानुन तथा अन्य आवश्यक कानुनसम्बन्धी जानकारी, सुरक्षित रोजगारी तथा अन्य हकअधिकारका विषयबाट वञ्चित हुने गरेका छन् ।

वैदेशिक रोजगार ऐन र नियमावलीअनुसार वैदेशिक रोजगारीमा जाने श्रमिकले प्रस्थानपूर्व अभिमुखीकरण तालिम लिई अभिमुखीकरण तालिम प्रदायक संस्थाले सम्बन्धित श्रमिकको बायोमेट्रिक हाजिरी गराई त्यसको विवरण विभागको अनलाइन सूचना व्यवस्थापन प्रणालीमा उपलब्ध गराउनुपर्ने प्रावधान छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu