Connect with us
Kapilvast Forest

लुम्बिनीमा एक सयभन्दा बढी बालबालिका संक्रमित

२०७८, ५ बैशाख आईतवारमा प्रकाशित

लुम्बिनी — रूपन्देही, दाङ, बाँके, कपिलवस्तुलगायत जिल्लामा संक्रमित बढेका छन् । बुटवल, भैरहवा, घोराही, तुलसीपुर, कोहलपुर, नेपालगन्जजस्ता मुख्य सहरमा ४ देखि १९ वर्षसम्मका बालबालिकामा संक्रमण बढिरहे पनि विद्यालयहरूले स्वास्थ्य मापदण्ड पालना गरेका छैनन् ।

पछिल्लो एक सातामा बाँकेमा १६ वर्षमुनिकै ५५ बालबालिकामा संक्रमण देखिएको छ । त्यो संख्या तीव्र रूपले बढ्दो छ । बाँकेका जनस्वास्थ्य प्रमुख धीरजंग शाहका अनुसार पाँच वर्षमुनिकै चार बालबालिकामा संक्रमण देखिएको छ ।

‘पहिलो चरणमा पाँच प्रतिशतभन्दा कम दर रहेको बाँकेमा दोस्रो चरणमा १२ प्रतिशतमा संक्रमण देखिएको छ,’ उनले भने, ‘विद्यालय, मन्दिर, चर्च, मस्जिद खुल्नु र त्यहाँ स्वास्थ्य सुरक्षा सतर्कता कमजोर हुनु नै मुख्य कारण होला ।’ बाँकेमा पछिल्लो एक सातामा ५ सय २७ जनामा संक्रमण देखिएकामा ५४र५५ जना बालबालिका रहेको उनले बताए ।

रूपन्देहीमा १० दिनमा २ सय ८ जना संक्रमित देखिएकामा १६ वर्षमुनिका ५ जना छन् । २० देखि ४० वर्ष उमेरका एक सय जनामा कोरोना संक्रमण देखिएको छ । रूपन्देहीमा पछिल्लो एक साता सबैभन्दा धेरै संक्रमित बुटवल र तिलोत्तमाका छन् । पाँच बालबालिका पनि बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकाभित्रकै रहेको जनस्वास्थ्य कार्यालयका कोभिड सहजकर्ता विवेक केसीले बताए ।

‘संक्रमित २ सय ८ जनामध्ये बुटवल उपमहानगरपालिकाका मात्र १ सय ४ जना छन्,’ उनले भने, ‘त्यही संख्याभित्र बालबालिका पनि छन् ।’ बुटवलका धेरै बालबालिका पढ्ने निजी र सामुदायिक विद्यालयमा स्वास्थ्य सतर्कता अपनाइएको छैन । विद्यालय पूर्ववत् अवस्थामै सञ्चालनमा छन् । स्वास्थ्य सतर्कतामा विद्यालय र स्थानीय तह दुवै उदासीन छन् । दाङको तुलसीपुर उपमहानगरपालिकामा चार बालबालिका संक्रमित छन् । आजको कान्तिपुरमा समाचार छ ।

रूपन्देहीको जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९डीसीसीएमसी० को शनिबार बसेको बैठकले आवश्यक स्वास्थ्य मापदण्ड पालना गरेर विद्यालय सञ्चालन गर्न दिने निर्णय गरेको छ । डीसीसीएमसीका संयोजक एवं प्रजिअ आशमान तामाङले स्थानीय तहको कार्यपालिकाले आफ्नो क्षेत्रमा रहेका विद्यालयमा कोभिड संक्रमणको अवस्था विश्लेषण गरी स्वास्थ्य मापदण्ड पूरा गरेर विद्यालय सञ्चालन गर्न दिने निर्णय भएको बताए । ‘सीसीएमसीको निर्णय पूर्ण रूपले पालना गर्ने पनि निर्णय भएको छ,’ उनले भने, ‘विद्यालयसँगै भारतसँगका नाकाहरूमा थप कडाइ गर्ने, कोभिड उपचार हुने अस्पतालको क्षमता वृद्धि गर्ने निर्णय पनि भएको छ ।’

लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले दोस्रो लहरको कोभिड संक्रमण बालबालिकामा पनि बढ्दो देखिएको बताए । प्रदेशमा संक्रमित बालबालिकाको संख्या एक सयभन्दा बढी रहेको उनले बताए । ‘सात जनाको त आईसीयूमै उपचार भइरहेको छ,’ उनले भने, ‘बालबालिकामा मुख्यतः विद्यालयबाटै संक्रमण भएको देखिएको छ, थप खोज्दै छौं ।’

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu