Connect with us
Kapilvast Forest

अन्नपूर्ण हिमालमा रूसका तीन आरोही बेपत्ता

२०७८, ६ बैशाख सोमबारमा प्रकाशित

काठमाडौं – अन्नपूर्ण हिमाल आरोहण गर्न गएका तीनजना रूसी नागरिक सम्पर्कविहीन भएका छन्।आरोहण गरेर फर्किने क्रममा आइतबार साँझदेखि उनीहरु बेपत्ता भएको सेभेन समिट ट्रेक्सका थानेश्वर गुरागाईंले जानकारी दिनुभो।

उहाँका अनुसार उनीहरूको खोजी गर्न अहिले हेलिकोप्टर परिचालन गरिएको छ। कैलाश हेलिकोप्टरमा शेर्पाको टोली परिचालन गरिएको गुरागाईंले जानकारी दिनुभयो ।

बेपत्ता रूसी नागरिकको नाम भने उहाँले बताउनुभएन ।विश्वको १०औँ अग्लो अन्नपूर्ण हिमाल आरोहणका लागि विश्वभर प्रख्यात छ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu