Connect with us
Kapilvast Forest

सरुमारानीमा गरिबका घर जस्तापाताले फेरिँदै

२०७८, ६ बैशाख सोमबारमा प्रकाशित

प्यार अलि खान-
प्यूठानको सरुमारानी गाउँपालिकामा खरको छानोले छाएका गरिबका घर जस्तापाताले फेरिँदै छन्। यस आर्थिक वर्षमा गाउँपालिका भित्र रहेका २ सय घरधुरीको छानो फेरिने भएको हो।
गरीब असाय परिवारका लागि सघन शहरी तथा भवन निर्माण योजना अन्तर्गत सुरक्षित नागरिक आवास कार्यक्रम मार्फत यस वर्ष २ सय घरधुरीका लागि जस्तापाता वितरण गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चिन्तामणि रेग्मीले जानकारी दिए।
निकट भविष्यमा खरको छाना विस्थापित गर्ने उदेश्यले यसवर्ष २ सय परिवारको छानो फेर्ने योजना रहेको उनले सुनाए।हालसम्म वडा नं १ मा १२ घर, वडा नं ३ मा ३६ घरधुरी, वडा नं ४ मा १८ घरधुरी, वडा नं ६ मा ६४ घरधुरी छनोट गरिएको गाउँपालिकाले जनाएको छ। अन्य वडामा लाभग्राहि छनोट प्रक्रिया छिट्टै पुरा गरिने प्रमुख प्रशासकीय अधिकृत रेग्मीले बताए। जस्तापाता व्यवस्थापन गर्न प्रती घरलाई ५० हजार रुपैयाँ प्रदान गरिने भएको छ।
असाय तथा गरिब परिवारको आवास व्यवस्थापन सहज होस् भन्ने उद्देश्यले हालसम्म पालिका भित्र करिब ५ सय ५० घर धुरीमा जस्तापाता लगाई सकिएको गाउँपालिका अध्यक्ष झग बहादुर विश्वकर्माले जानकारी दिए।
आगामी वर्ष बाँकी रहेका करिब ३ सय ५० घरधुरीमा जस्तापाता वितरण गरिएसंगै खरको छानामुक्त गाउँपालिका हुने पालिका प्रमुख विश्वकर्माको भनाई छ। खरको छाना विस्थापन गर्न गाउँपालिका, केन्द्र सरकार तथा प्रदेश सरकारले साझेदारीमा काम गर्दै आएको गाउँपालिकाले जनाएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu