Connect with us
Kapilvast Forest

भारतमा एकैदिन १ हजार ७६१ जना संक्रमितको मृत्यु

२०७८, ७ बैशाख मंगलवारमा प्रकाशित

corona

एजेन्सी -कोरोना (कोभिड–१९) महामारीको दोस्रो लहरमा लपेटिएको भारतमा पछिल्लो २४ घण्टाभित्र यसअघिका रेकर्ड तोडिनेगरी मानवीय हताहती भएको छ।

त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयले एकैदिन १ हजार ७६१ जना संक्रमितको मृत्यु भएको र थप २ लाख ५९ हजार १७० संक्रमित पहिचान भएको तथ्यांक अद्यावधिक गरेको छ।

योसँगै भारतमा अहिलेसम्म १ करोड ५३ लाख २१ हजार ८९ जनालाई कोरोना संक्रमण भएको छ। १ लाख ८० हजार ५३० संक्रमितको ज्यान गएको छ। अहिले त्यहाँ २० लाख ३१ हजार ९७७ जना सक्रिय संक्रमित छन्।

१ अर्ब ३० करोड हाराहारी जनसंख्या भएपनि भारतमा अहिलेसम्म १२ करोड ७१ लाख जनालाई मात्रै कोरोना विरुद्धको खोप दिइएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu