Connect with us
Kapilvast Forest

नेपाल भाषा अध्ययन गराउन १७२ सहायक प्रशिक्षकसँग सेवा करार सम्झौता

२०७८, ८ बैशाख बुधबारमा प्रकाशित

काठमाडौं -काठमाडौं महानगरपालिकाले विद्यालयस्तरमा नेपाल भाषा अध्यापन गराउन १७२ जना सहायक प्रशिक्षकसँग सेवा करार सम्झौता गरेको छ।५१६ जना आवेदकमध्ये छनौट भएर पूर्व सेवाकालीन तालिम लिएका सहायक प्रशिक्षक र महानगरपालिकाबीच मंगलबार सम्झौता भएको हो।

सम्झौतापछि प्रशिक्षकहरूलाई सामुदायिक विद्यालयमा भाषा अध्यापनका लागि खटाइएको छ। पूर्व सेवाकालीन तालिम समापनको अवसरमा प्रमाण पत्र वितरण गर्दै महानगरका प्रमुख विद्यासुन्दर शाक्यले, स्थानीय पाठ्यक्रम कार्यान्वयनमा ल्याउनु महानगरका प्रमुख उपलब्धिमध्ये एक भएको उल्लेख गरे।

पाठ्यपुस्तकमा काठमाडौंका प्रमुख जाति नेवारको जनजीवन, कला, खानपान, जात्रापर्व, भाषा, लिपि, परम्परागत खेलजस्ता विषय समेटिएकाले बालबालिकालाई काठमाडौँका सामाजिक र सांस्कृतिक जीवन, मूर्त र अमूर्त सांस्कृतिक सम्पदा, ठाउँको नाम र अर्थ बुझ्न सहज हुनेछ।

नेवाः स्यनामी दबू नेपाल मण्डलको संयोजनमा महानगरको शिक्षा विभागले सहायक प्रशिक्षकलाई तालिम दिन ३० जना मुख्य प्रशिक्षक उत्पादन गरेको थियो।

नेपाल भाषा व्यवस्था समितिका सदस्य सचिव एवं शिक्षा अधिकृत मोती खनालका अनुसार संस्थागत विद्यालयका नेपाल भाषा अध्यापन गराउन ८० जनालाई प्रशिक्षण दिइसकिएको छ।

सामुदायिक विद्यालयमा पाठ्यक्रम र पाठ्यपुस्तक दुवै निशुल्क वितरण गरिनेछ भने संस्थागत विद्यालयलाई पाठ्यक्रम निःशुल्क दिइनेछ भने उनीहरूले पाठ्यपुस्तक खरिद गरेर लिनुपर्नेछ।

१ देखि ३ सम्म १०० पूर्णाङ्कमा १०० नै अभ्यासगत पठन–पाठन गरिने छ। कक्षा ४ र ५ मा ७५ अभ्यासगत र २५ सैद्धान्तिक पठन–पाठन हुने छ। कक्षा ६, ७ र ८ मा भने ५० अभ्यासगत र ५० सैद्धान्तिक पठन–पाठन हुनेछ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu