Connect with us
Kapilvast Forest

भिडियो बनाएर पुरस्कार जित्ने अवसर

२०७८, ८ बैशाख बुधबारमा प्रकाशित

काठमाडौं – कक्षा ८, ९ र १० का विद्यार्थीका लागि छोटो भिडियो बनाएर पुरस्कार जित्ने अवसर आएको छ ।युरोपियन युनियनले यूरोप दिवसको अवसर पारेर राष्ट्रव्यापी खुला भिडियो प्रतियोगिता आयोजना गरेको हो । विद्यार्थीहरुले हरित वृद्धि र हरित पुनर्भरणबारे २/३ मिनेटको छोटो भिडियो बनाउनुपर्नेछ। विद्यार्थीहरुले आफूलाई उत्तम लाग्ने कुनै पनि तरिका वा शैलीमा भिडियो बनाउन सक्ने युनियनले जनाएको छ।

यस्तै विद्यार्थीहरुले आफूसँग भएको जुनसुकै उपकरण प्रयोग गरेर भिडियो बनाउन सक्नेछन् । भिडियाे पठाउनकाे लागि यही महिना अर्थात अप्रिल २५ तारिखभित्र आफ्नाे नाम दर्ता गरिसक्नुपर्ने र मे दुई तारिखभित्र भिडयाे पठाइसक्नुपर्ने छ ।

उत्कृष्ट भिडियो बनाउने दुई विद्यार्थीलाई भिडियो र फोटो खिच्न मिल्ने क्यामरा प्रदान गरिने पनि युरोपियन युनियनले जनाएको छ । युरोपियन युनियनको डेलिगेशनले हरेक वर्ष वैशाख महिनामा विभिन्न गतिविधि र कार्यक्रमहरु आयोजना गरेर युरोप दिवस मनाउने गर्छ ।

हरित वृद्धि र हरित पुनर्भरण भनेको प्रदूषणकारी प्रकारको उर्जाको प्रयोग त्यागेर दिगो प्रकारका उर्जा जस्तै वायु ऊर्जा, सौर्य ऊर्जालाई प्रयोग गर्नु हो, जसले कार्बन उत्सर्जन कम गर्दछ। युरोपियन युनियनले युरोपका साथै नेपाललगायत विश्वमा “हरितवृद्धि र हरित पुनर्भरण”लाई प्राथमिकता दिएको छ।

भिडियो प्रतियोगिताबारे थप जानकारीयहाँ  हेर्न सकिन्छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu