Connect with us
Kapilvast Forest

एसईई र १२ कक्षाको परीक्षा जेठमै हुने, यस्तो छ तयारी

२०७८, ९ बैशाख बिहीबारमा प्रकाशित

काठमाडौं- बढ्दो कोरोना भाइरस संक्रमणका कारण सरकारले मुख्य २५ शहरी क्षेत्रका विद्यालयका भौतिक कक्षा बन्द गरे पनि वैकल्पिक विधिबाट विद्यार्थीको सिकाइ भने निरन्तरता दिनुपर्ने भएको छ ।

संक्रमणका बीचमा पनि विद्यार्थीको सिकाइ निरन्तरता दिन वैकल्पिक विधिलाई जारी राख्नुपर्ने जनाइएको छ ।

मन्त्रिपरिषद्को सोमवारको बैठकले कोरोना संक्रमणका कारण आगामी वैशाखभर मुख्य शहरी क्षेत्रका विद्यालयका कक्षा बन्द गर्ने निर्णय गरेको थियो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्माले विद्यालयले भौतिक कक्षा बन्द गरेपछि अब तुरुन्त वैकल्पिक विधिबाट पठनपाठन शुरू गरिहाल्नुपर्ने बताए । कतिपय विद्यालयले मंगलवारदेखि नै अनलाइन कक्षा आरम्भ गरिसकेका छन् । सरकारले अनलाइन माध्यम, अफलाइन माध्यम, रेडियो, टेलिभिजन लगायतका माध्यमबाट विद्यार्थीको सिकाइ निरन्तरता दिनुलाई वैकल्पिक विधिको पठनपाठनका रूपमा परिभाषित गरिएको छ ।

विद्यालयले आफ्नो विद्यार्थी संख्या, विद्यार्थी तथा शिक्षकको प्रविधिमा पहुँच लगायतका आधारमा वैकल्पिक विधिको चयन गर्न सक्नेछन् । विद्यालयले जुनसुकै माध्यमको प्रयोग गरेर भए पनि वैकल्पिक विधिबाट पठनपाठन गराउनुपर्ने जनाइएको छ । अनलाइनलाई मात्र वैकल्पिक विधि मान्न नहुने र अन्य विधिबाट पनि पठनपाठन गराउन सकिने जानकारी प्रवक्ता शर्माले   बताउनु भयो    ।

विद्यालयले भौतिक कक्षा सञ्चालन नगरे पनि पूर्व निर्धारित परीक्षा तालिकालाई निरन्तरता दिन सक्नेछन् । पूर्व निर्धारित तालिकालाई यसले कुनै असर नगर्ने र अब वैशाख महिनाभरका लागि भने नयाँ तालिका जारी गर्न नहुने जनाइएको छ ।

यसैबीच, राष्ट्रिय परीक्षा बोर्डले १० कक्षाको माध्यमिक शिक्षा परीक्षा (एसईई) र १२ कक्षाको परीक्षा पूर्व निर्धारित कार्यतालिका अनुसार नै हुने जनाएको छ । एसईईको परीक्षा र १२ कक्षाको परीक्षा जेठमै गर्ने निर्णय बोर्डले यसअघि नै गरिसकेको छ ।

बोर्डका अध्यक्ष प्रा।डा। चन्द्रमणि पौडेलले पूर्व निधारित कार्यतालिका अनुसार नै परीक्षा सञ्चालन गरिने उल्लेख गर्दै विद्यार्थीले पनि सोहीअनुसार तयारी गर्नुपर्नेमा जोड   दिनु भयो ।

सरकारले मुख्य शहरी क्षेत्रका २५ जिल्लामा मात्र भौतिक कक्षा बन्द गरेर वैकल्पिक विधिबाट पठनपाठन शुरू गरेको र अन्य जिल्लामा नियमित कक्षा सञ्चालन भइरहेकाले परीक्षा निर्धारित समयमै हुने उहाँले  जानकारी  दिनुभयो ।

परीक्षा सञ्चालनका लागि आवश्यक तयारी समेत गरिएको उहाँले बताउनु भयो ।  सरकारले अर्को कुनै निर्णय गरेबाहेक बोर्डको निर्णयमा परिवर्तन नहुने जनाइएको छ ।

गत वर्ष कोरोना भाइरसका कारण विद्यालयले गरेको आन्तरिक मूल्यांकनलाई आधार मानेर एसईईको परीक्षा सार्वजनिक गरिएको थियो । १२ कक्षाको परीक्षा बोर्डले नै सञ्चालन गरेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu