Connect with us
Kapilvast Forest

‘दाहाल-नेपालले मलाई माटोमा मिलाउने नीति लिए’:प्रधानमन्त्री ओली

२०७८, ९ बैशाख बिहीबारमा प्रकाशित

काठमाडौं – प्रधानमन्त्री एवम्‌ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले माटोमा मिलाइदिने नीति लिएको आरोप लगाउनुभएको छ ।

बल्खुमा एमालेको पार्टी कार्यालय भवन शिलान्यास गर्दै उहाँले नेताहरूको नाम नलिइकन यस्तो बताउनुभएको हो ।केही व्यक्तिहरूको चरम महत्वाकांक्षा, कसैले नेतृत्व गरेको देख्न नसक्ने, कसैले सफलताको चर्चा गरेको सुन्न नसक्ने संकिर्ण प्रवृत्तिले संगठित हमला गरे  उहाँले भन्नुभयो
आफूमाथि हमला गरेर दाहाल-नेपाल लगायतले पछि पार्टीको साधारण सदस्यबाटै हटाउने काम गरेका ओलीले आरोप लगाउनुभयो ।

ओलीलाई धुलोमा मिलाइदिन्छु, टाउकोमा हानियो भने शरीर ढल्ने भयो भनेर ममाथि हमला गरिएको थियो, तर मैले त्यसलाई मैले विफल तुल्याइदिएँ,’ ओलीले थप्नुभयो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu