Connect with us
Kapilvast Forest

अपराध न्यूनीकरणका लागि कपिलवस्तुका विद्यालयमा पाठ्यसामाग्री लागु

२०७८, ९ बैशाख बिहीबारमा प्रकाशित

माधव बेल्बासे,कपिलवस्तु-अपराध न्युनीकरणका लागि कपिलवस्तुका विद्यालयहरुमा पाठ्यसामााग्री लागुु गरिएको छ । जिल्ला १० पालिकामा प्रहरी र पालिका विच सहकार्य गरी पाठ्य सामाग्री लागु भएको छ । बालबालिकाहरुलाई अपराध गर्न बाट जोगाउनका लागि सचेतना दिन जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले पाठ्य सामाग्री (पुस्तक) निर्माण गरी स्थानीय सरकारको सहयोगमा विद्यालयमा वितरण गरेको छ ।

विहिवार जिल्लााको शिवराज नगरपालिका भित्र रहेका विद्यालयहरुका प्रअहरु अन्तरक्रिया गर्दै जिल्लाका सबै पालिकामा लागु गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक नवराज अधिकारीले बताउनुुभयो । विद्यालय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत तयार गरीएको पुस्तकमा ११ शिर्षक राखिएको छ । लागुऔषध दुव्र्यसनी, साइवर अपराध, सामाजिक सञ्जालको सुरक्षित प्रयोग, बाल विवाह, बोक्सी आरोप, बालवालिकामा हुने दुव्र्यवहार समावेस गरीएको अधिकारीले बताउनुभयो ।

अधिकांश अपराधका घटनामा पिडित पनि विद्यार्थी र पिडक पनि विद्यार्थीनै हुने भएकोले विद्यालय मार्फत न्युुनिकरण गर्न सकिने उहाँले बताउनुुभयो प्रहरीले उपलव्ध गराएको पुस्तकले बालबालिकामा मात्र नभएर समुदायमा समेत अपराध न्यूनीकरणका लागि भुमिका खेल्न सक्ने प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेयले बताउनुुभयो । पाठ्यसामाग्रीका कारण समाजमा हुने अपराध जन्य कृयाकलाप गर्न निरुत्साहित गर्छर प्रहरी, विद्यार्थी र समाजको दुरी समेत कम हुनेमा जोड दिइएको छ ।

शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारीले बालबालिकालाई सचेत गराउन सकेमा अपराधका घटनाहरु कम हुने बताउनुुभयो । पछिल्लो समय बढदो सामाजिक संजाल प्रयोग,मोवाइल फोन तथा युवाहरुमा लागुऔषधकको सेवनले अपराध बढेको बताउनुभयो । प्रहरीले लागु गरेको पाठ्यसामााग्रीलाई विद्यालयहरुका शिक्षकहरुले प्राथमिकता दिएर शिक्षण गराउनुपर्नेमा जोड दिनुुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu