Connect with us
Kapilvast Forest

सामाजिक संजालमा एकाएक भाइरल शिवराजमा पर्ने यो तस्विर

२०७८, १० बैशाख शुक्रबारमा प्रकाशित

अर्जुन बेल्बासे ,चन्द्रौटा -आज जको युग सुचना तथा संचार प्रविधिकोे युग हो । प्रविधिको युग सगैं सुचना तथा संचार प्रविधि यो अहिले फेसनमा रहेको वाक्य हो । अहिले विभिन्न प्राविधिक उपकरणहरू जस्तै मोबाइल, कम्प्युटर र अन्य सामान्य जीवनका अंग जस्तै बनिसकेका छन यिनै प्राविधिक उपकरणहरुलेनै अहिलेको समयमा अतिनै छिटो सूचना प्रवाह हुन्छ र हरेक ठाउँमा जानकारी तथा प्रचारप्रसार हुन्छ ।

सोहि अनुरुप विद्युतीय सञ्चार तथा सूचना प्रविधिकै कारण पछिल्लो समय सामाजिक सञ्जालमा सार्वजनिक एउटा त्यस्तो तस्विर जुन पछिल्लो समय दिन प्रतिदिन चर्चित हुँदै गएको पाईन्छ ।

सामाजिक सञ्जालले गर्दा धेरै कुराहरु भाइरल भईरहेको पाइन्छ ।सो तस्विर पनि सामाजिक संजालकै कारण भाइरल भएको छ जुन तस्विर कहाँको होला भनेर धेरैले जिज्ञासा् राखेको पाइएको छ । पछिल्लो सामाजिम संजाल फेसबुक र टिकटकमा भाइरल उक्त तस्बिर शिवराज नगरपालिकाको वडा न १ अन्तर्गत लुम्बिनी प्रदेसको राजधानी भालुवाङ जाने बाटोमा अवस्थित रहेको छ ।

उक्त ठाउँ कपिलवस्तुको चन्द्रौटा बजार देखि १७ किलोमीटर पश्चिम राजमार्गमा रहेको छ । यहाँ नजिकै सुरइ नदिको एउटा् कुण्डमा तातो पानी समेत आउने गर्द्छ । सामाजिक सञ्जालले गर्दा धेरै कुराहरु भाइरल भईरहेको पाइन्छ । प्छिल्लो समय उक्त ठाउँमा टिकटक बनाउने र टिकटकमा रमाउने युवायुवतीको संख्या त झनै बढ्दै गएको छ । टिकटक बनाउनेको भिडका कारण पनि उक्त तस्विर हिजोआज भाइरल भएको छ ।

साथै शिवराज नगरपालिकाले यसलाइ थप प्रचार प्रसार गरेमा पर्यटनमा टेवा पुग्ने छ र तातोपानी कुण्ड्मा समेत नुहाउने आउनेहरुको संख्यामा वृद्धि भइ पर्यटकिय क्षेत्रको रुपमा बिकास हुनेछ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu