Connect with us
Kapilvast Forest

बाबुराम भट्टराईकोको ट्युमर निकालियो

२०७८, १७ बैशाख शुक्रबारमा प्रकाशित

 

काठमाडौं- पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको न्युरो इन्डोक्राइनको ट्युमरको शल्यक्रिया गरी निकालिएको छ ।काठमाडौंस्थित वीर अस्पतालमा डा। सुबोध अधिकारीको नेतृत्वको टोलीले भट्टराइको शल्यक्रिया गरेको हो ।

भट्टराई पत्नी हिसिला यमीले ट्विट गर्दै भट्टराइको शल्यक्रिया सफल भएको जानकारी दिनुभएको छ । भट्टराईलाइ अपरेशनका लागि बिहान ९ बजे अपरेशन थेटर लगिएको थियो । अपरेशन सफल भएपछि यमीले तस्विर सार्वजनिक गर्दै शल्यक्रिया सम्पन्न भएको उल्लेख गर्नु भएको हो । शल्यक्रियाका लागि भट्टराई हिजै अस्पताल भर्ना हुनुभएको थियो ।

यसअघि ट्युमरमा क्यान्सरको शंका भएपछि भारतको दिल्लीमा उहाँको स्वास्थ्य परीक्षण गरिएको थियो । वायोप्सी, डिओटिए परीक्षण, एनओसी परीक्षण तथा पेट सिटिस्क्यानसहित अन्य परिक्षणपछि चिकित्सकहरुले ट्युमरमा क्यान्सर नभएको बताएका थिए ।शल्यक्रिया गरेर ट्युमर चाँडै नै फाल्नुपर्ने चिकित्सकले सुझाव दिएका थिए ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu