Connect with us
Kapilvast Forest

महाराजगंजमा अक्सिजन सहितको आईसोलेशन सेन्टर तयार हुदै, भोलि निर्माण कार्य सकिने

२०७८, १७ बैशाख शुक्रबारमा प्रकाशित

maharajganj.jpg

कपिलबस्तु-
कपिलबस्तुको महाराजगंज नगरपालिकामा ३० बेडको आईसोलेन सेन्टर निर्माण भई रहेको नगरपालिकाले जनाएको हो । जिल्ला र पालिकामा कोरोना संक्रमितको संख्या निरन्तर बढेपछि पालिकाले नगरपालिकाको वडा नं ७ मा सञ्चालित कुशहवा स्वास्थ्य चौकी तथा वडा नं १० मा सञ्चालित हर्दौना स्वास्थ्य चौकीमा ३० बेडको आईसोलेशन सेन्टर निर्माण गर्न शुरु गरिएको महाराजगंज नगरपालिको नगर प्रमुख अब्दुल कलामले बताउनु भयो ।
नगरपालिकाले निर्माण गर्न लागेको आईसोलेशन सेन्टरमा आक्सिजन सहितको आवश्यक औषधी ब्यवस्थापन गरिने नगर प्रमुख कलामले बताउनु भयो । नगर वासीहरुको स्वास्थ्य सेवालाई मध्य नजर गर्दै नगरपालिकाले आईसोलेशन सेन्टर निर्माण गर्न शुरु गरेको प्रमुख प्रशासकीय अधिकृत बेद प्रसाद खरेलले बताउनु भयो ।
हाल नगरपालिकामा ८ जना सक्रिय संक्रमित रहेको उहाँहरुको स्वास्थ्य अवस्था राम्रो रहेको १ जना कपिलबस्तु अस्पताल तौलिहवा आक्सिनमा रहेको नगरपालिकाको नगर स्वास्थ्य सह-संयोजक राधेश्याम कलवारले जानकारी दिनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu