Connect with us
Kapilvast Forest

व्यापारीद्वारा ३ दिन बजार बन्दको घोषणा

२०७८, १८ बैशाख शनिबारमा प्रकाशित

सनिउल्ला धोबी, कपिलवस्तु-
व्यापारीले गरे तीन दिन बजार बन्दको घोषणा
कोरोना महामारी बढेपनि प्रशासनले बजार बन्द गर्ने चासो नदिएपछि व्यापारीलहरुले तीन दिन बजार बन्द गर्ने निर्णय गरेका छन् । चन्द्रौटा उद्योग वाणिज्य संघ र व्यापार संघ कपिलवस्तुले कोरोना महामारी नियन्त्रणको लागि बजार बन्द गर्न आवहान गरेका छन् । चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष जम्सेर अलि र व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेलको हस्ताक्षरमा सनिवार एक विज्ञाप्ती जारी गर्दै बजार बन्द गर्ने निर्णय गरेका हुन् । सीमा क्षेत्रको नजिक रहेको शिवराज नगरपालिका भित्र रहेर व्यापार व्यावसाय गरिरहेका व्यापारीहरु र ग्राहकहरुको स्वास्थ्य अवस्थालाई ध्यानमा राखि बजार बन्द गर्ने निर्णय गरिएको उद्योग वाणिज्य संघका अध्यक्ष जम्सेर मियाँले बताउनुभयो ।

बजार बन्द भएपनि औषधि पसल,तरकारी पसल,दुध डेरी लगाएतका अति आवश्यक सामाग्रीहरु खरिद विक्रि गर्न भने पाइने व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोखरेलले बताउनुभयो । कोराना महामारी भएपनि बजारमा भिडभाड कायमै रहेकोले उद्योगी व्यावसायिहरुको हक हितको लागि बजार बन्द गर्ने निर्णय गरिएको पोख्ररेलले बताउनुुभयो ।

यस विषय परिस्थितीमा ज्यान जोगाउनपुर्ने भएकोले सबै नागरिकहरु सचेत भएर स्वास्थ्य मापदण्ड पालना गर्न दुबै सघंले अनुरोध गरेको छ । अहिले कपिलवस्तुमा कोरोना महामारी अत्याधिक छ । संक्रिय संक्रमितको सख्या ५ सय नपुगेको भन्दै प्रशासनले लकडाउन गर्न सकिरहेको छैन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu